कन्याहरुलाई दक्षिणा स्वरुप नगद होईन कापी कलम : पाल्ही मन्दिरको एक ईतिहास


रबिन्द्र यादव, २५ असोज , नवलपरासी । कन्याहरुलाई दक्षिणा स्वरुप नगद होईन कापी कलम दिएर नवलपरासीमा नयाँ कामको थालनी गरिएको छ । बडादसैँको अवसरमा नवलपरासीको धार्मिक ऐतिहासीक शक्तीपिठ पाल्ही भगवती मन्दिरमा पुजा अर्चना पछि कन्याहरुलाई नगदको सट्टा कापी कलम दिईएको हो । मन्दिरका मूख्य पुजारी एवंम् पुर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले वडा दशैको अवसर पारि स्थानिय गरिब बिपन्न समुदायका बालीका ( कन्या )हरुलाई दक्षिणा स्वरुप कापी कलम प्रदान गर्नुभएको थियो । करिब ४० जना कन्याहरुलाई अध्ययनका सहयोग गर्न यसरी बडादसैँको अवसरमा कन्याहरुलाई दक्षिणा स्वरुप नगद होईन कापी कलम दिईएको मन्दिरका मुख्य पुजारी एवंम् पुर्वगृह राज्य मन्त्री कण्डेलले बताउनुभयो । सो कार्य नवलपरासीमानै नमुना हो । यसरी मन्दिरमा पुजा अर्चना पछि कन्याहरुलाई दक्षिणा को सट्टामा कापी कलप दिने अभियानलाई चौतर्फी रुपमा प्रशन्शां गरिएको हो ।


बि.स. १९८५ मा स्व. माधव राज कण्डेलद्धारा पुरानो जिर्ण मन्दिरलाई बर्तमान स्वरुपको पुनःनिमार्ण गरिएको हो । सो मन्दिरमा भाकल गरेपछि आफ्नो भाकल पुरा हुने धार्मिक बिश्वास रही आएको हुदा नेपाल बाहेक भारतबाट समेत बाक्लो मात्रामा भक्तजनहरुको भुईचो लाग्ने गरेको पाईन्छ । सो मन्दिरमा भक्तजनहरुलाई सहज अवस्थामा पुजा आजा गर्ने मिल्ने ब्यवस्थापन सहित बिभिन्न बिवाह , धार्मिक कार्य साथै भक्तजनहरुलाई बास स्थानका लागी सुविधा सम्पन्न भैतिक पुर्वाधार समेत निमार्ण गरिसकिएको छ ।