मनोरञ्जन

मिडियाप्रति आक्रोशित शिल्पा

मिडियाप्रति आक्रोशित शिल्पा
shilpa-pokharel-nepalaaja
दसैँको रमझम चारैतिर छाएको समयमा नायिका शिल्पा पोख्रोल उल्लासमय र दुखी एकै समय भएकी छिन् । असोज २१ गते रिलिज भएको फिल्म ‘किस्मत २’ हेर्न आएका दर्शकको चापले उनमा खुशी थपिएको छ । त्यस्तै निर्माता छविराज ओझासँग दसैँको टिकाको दिन विवाह हुने हल्लाले हैरान भएकी छिन् नायिका शिल्पा । यसअघि पनि शिल्पा र छविराजको विवाहको व्यापक चर्चा चुलिएको थियो र अहिले पनि छ । हल्लाको केही समय पछि यी दुईले फिल्म चलाउन विवाहको हल्ला गरेको बताएका थिए । कतिपय अन्तर्वाताहरुमा शिल्पा आफैले घरपरिवारले स्वीकार गरे विवाह गर्ने बताउँदै आएकी छिन् । हजुरबाबु उमेरका छविसँग विवाह गर्दा उमेरले फरक पार्ने नपार्ने कुरामा पनि शिल्पाले मायामा उमेरको कुरा नहुने शिल्पा आफैँले बताएँदै आएकी थिइन् । तर, कुनै एक अनलाइनले दसैँको टिकाको दिन छविले शिल्पालाई झ्याई पार्ने भनेर समाचार बनाईदिएपछि व्यापक हल्ला भयो । छवि र शिल्पाको विवाह टिकाको दिन हुने हल्ला शिल्पाको घर विराटनगरसम्म पुगेपछि घरबाट फोन आइरहेको शिल्पाले बताइन् । नेपाल आजसँगको कुराकानीमा उनले भनिन्, ‘यस्तो नचाहिदोँ समाचार कुन अनलाइनको को मान्छेले लेखेको हो म खोज्दै छु ।’ उनी आक्रेशित सुनिएकी थिइन् । आफूले बोल्दै नबोलेको कुरालाई समाचार बनाएको उनको टिप्पणी थियो । विवाह टिकामा नै हुने होइन तर परिवारबाट स्वीकृती आउन बाँकी भएको शिल्पाको भनाई छ । परिवारको स्वीकृति भयो भने विवाह हुने शिल्पाले बताइन् । यतिबेला शिल्पा काठमाडौँका हल हलमा धाइरहेकी छिन् । किस्मत २ हेर्न आएका दर्शकको साथले दसैँ खल्लो नभएको उनले बताइन् । आफूहरुले सोचेको भन्दा पनि धेरै दर्शकको साथ पाएको र फिल्मको राम्रै प्रतिक्रिया आएकाले आफू सन्तुष्ट भएको उनले जानकारी गराइन् । ‘घर जान नपाए पनि मेरो दसैँ किस्मतमय भइरहेको छ ।’ उनी प्रफुल्लित सुनिइन् ।

shilpa pokharel

विशेष

ADVERTISEMENT