मनोरञ्जन

‘छोरी भएर दसैँ मनाउन अझै पुगेको छैन’

‘छोरी भएर दसैँ मनाउन अझै पुगेको छैन’
rekha-thapa-nepalaaja
नायिका रेखा थापा यतिबेला दसैँ मनाउन मोरङ घर जाँदै छिन् । उमेर बढे पनि रेखाको मन भने बच्चा जस्तै चञ्चले नै रहेछ । कति मानिसहरुलाई उमेर बढ्दै गएपछि दसैँ आए पनि खासै रमाईलो नलाग्ने देखिन्छ । पहिलाको जस्तो दसैँमा खासै लुगा किन्न मन नलाग्ने पनि धेरै कलाकारको मुखबाट सुनिने गर्छ । तर, नायिका रेखा थापा अहिले पनि दसैँको समयमा परिवारबाकै तर्फबाट सपिङ गर्ने गर्छिन् । यसपालीको दसैँ पनि त्यस्तै भएको छ । धेरै पछि परिवारकोसाथमा बसेर दसैँ मनाउन लागेकोमा उनी निकै प्रफुल्लित छिन् । मोरङ जाँदै रेखा

यतिबेला आफ्ना सुटिङका कामहरु सकेर बल्ल उनले घर जाने फुर्सद पाएकी छिन् । धेरै ठाउँमा छरिएका परिवार यो दसैँमा मोरङमा जमघट गर्न लागेको उनले बताइन् । आफ्ना धेरै साथीहरु पनि यसपाली मोरङ आउन लागेकाले पुराना साथीसँग व्यापक जमघट हुने रेखाले बताइन् । आफू उमेरले ठूलो भएपनि दसैँमा हुने उल्लास र हर्ष उही बालापनको जस्तै भएको रेखा बताउँछिन् । ‘उमेर जे भएपनि, मेरो मन त बच्चै छ नि । अझैँ पनि मलाई दसैँ आएपछि खुसी लाग्छ । मनमा उही प्रकारको उत्साह र उमंग आउँछ जस्तो बच्चाबेलामा आउँने गर्दथ्यो । मलाई अहिलेसम्म पनि दसैँको समयमा परिवारले सपिङ गरिदिनु हुन्छ । जे जस्तो भएपनि म उहाँहरुकै छोरी हुँ । छोरी भएर दसैँ मनाउनुको मज्जा नै बेग्लै हुन्छ ।’ उनले बताइन् ।

छोरी हुन पुगेको छैन
उमेरअनुसार अब त घरवार बसालेर जीम्मेवारी बोध गरेको दसैँ मनाउने विचार छ कि छैन भन्ने प्रश्नमा रेखाले ठट्याउलो किसिममा उत्तर दिइन् । उनले भनिन्, ‘छोरी भएर अझै २, ३ वटा दसैँ मनाउन मन छ मलाई । अहिल्यै घरवारको जिम्मेवारी लिईहाल्ने समय भइसकेको छैन जस्तो लाग्छ । दुई चार वर्ष पछि अलि बढि परिपक्व भइन्छ तब मात्र घरवार बसाल्ने हो । तैपनि म जस्तो आत्मनिर्भर केटिलाई विवाह नै गर्नै पर्छ जस्तो मलाई लाग्दैन ।’ धर्मकर्म र मठमन्दिर दर्शन र रमाइलो
धर्म कर्ममा विश्वास र आस्था राखे पनि यो दसैँमा देवीको मन्दिरतिर जान नपाएको उनले बताइन् । ‘सुटिङको कामले गर्दा दसैँको समयमा भने मन्दिर जान नपाएको धेरै समय भइसक्यो । यो पाली पनि जान पाइन । त्यसैले मेरो सट्टा आमाले नै पूजा गरिदिनु भयो । आखिर आमाले गरेपनि उही त हो ।’ उनी प्रफुल्लित सुनिइन् । खानामा रेखा निकै सौखिन छिन् । अन्य समयमा पनि मासु नभई खाना नखाने रेखालाई दसैँमा त झन् मासु चाहिने नै भयो । तास खेल्न खासै उनलाई आउँदैन । तर पनि रमाइलोको लागि केटाकेटीसँग बसेर जुतपति खेल्ने उनले बताइन् ।

rekha thapa dashain

विशेष

ADVERTISEMENT