मनोरञ्जन

कोमल ओलीको सागपाते दसैं

कोमल ओलीको सागपाते दसैं
komal-oli-01-nepalaaja
कलाकारका दसैँ कस्तो हुन्छ भन्ने कौतुहुलता सबैमा हुन्छ । यो पटक कोमल ओलीको दसैं कस्तो रहला ? कोमल ओलीसँग गरिएको कुराकानीमा आफ्नो दसैंका कार्यक्रम यस्तो रहेको बताइन् । दसैंको परिकार 
गायिका सञ्चारकर्मी समेत रहेकी ओली यो पटकको दसैं साहकारी खाना खाएर मनाउने भएकी छन् । उनले आफ्नो घरमा आउने पाहुनालाई पनि साग पातले स्वागत गर्ने बताइन् । ‘माछामासु धेरै सेवन गरेर स्वास्थ्यलाई हानी पुर्याउनु भन्दा सागपात खानु बेस । ’ उनले भनिन् ( ‘यो पालीको दसैंमा इष्ट मित्रलाई सागपातले स्वागत गरिन्छ ।’ अहिले विशेषगरि माछामासु र जाँड रक्सी सेवन् गरेर दशैँ मनाउने विकृति बढ्ने भएकाले उनी यो पटकबाट साकाहारी परिकारले दसैं मनाउन लागेकी हुन् । स्वदेशमै दसैं
‘दाङकी रैथाने भएपनि जन्मस्थल गएर दसैं नमनाएको ५, ७ वर्ष जति भइसकयो । पोहोर सालको दशैँ क्यानडामा मनाएँ र त्योभन्दा पहिलाको दसैं यूरोपमा ।’ यो पटक भने उनले नेपालमा नै दसैं मनाउन भएकी छन् । बाबु आमा सबै यता काठमाडौँमा भएकाले यो पालीको दशैँ यतै मनाउने उनको भनाइ छ । शुभकामना दिन र टीका लगाउन नातागोताको घर जाने र नवरात्रीमा भ्याएसम्म सबै दुर्गा देवीको दर्शन गर्न जाने बताइन । किनमेल 
komal-oli-nepalaaja-01दसैंका लागि नै भनेर किनमेल गर्ने बानी नभएको बताउँछिन् । ‘यसो गाडीतिर हिँडेकोबेलामा देखेको मनपर्यो भने किनिहाल्छु ।’ उनले थपिन् । शरीरमा फिट भयो र सुहायो भने ब्राण्डको ख्याल पनि नराखी लुगा खरिद गर्ने गरेको कोमलको भनाइ छ । मन परेको किनिहाल्ने बानी भएकी उनी सानो छँदा दसैंमा लुगा किन्ने भनेपछि हुरुक्क हुने गर्दथिन् । बालापनको स्मरण उनले दर्शाइन्, ‘आजकाल दसैँको लागि नै भनेर लुगा किन्ने इच्छा हुँदैन । बरु घरका अन्य सदस्यलाई किनिदिने गर्दछु । यो दसैँमा भने दाङबाट कटनको कुर्था सलवार ल्याएइकी छु त्यही लगाउँछु ।’ स्वास्थ्य
साथीहरु र इष्टमित्रले निमन्त्रणलाई सहर्ष स्वीकार गर्ने उनले बताइन । शिव भक्त रहेकी कोमल ओली दसैँमा जाँडरक्सी नखाने उनको भनाइ छ । विशेषगरि दसैँको समयमा स्वास्थको एकदम ख्याल गर्ने गर्दछिन् । राम्री देखिनको लागि स्वास्थ्यमा खाल्य गर्नु पर्ने उनको भनाइ छ । कार्यक्रम
दसैं अघिका केही दिन सोलुखुम्बुमा बित्ने छ । कार्यक्रम सोलुखुम्बुको सल्लेरीमा रहेकाले यो पटक ट्रेकिङको मज्जा लिने उनको सोच छ । ‘यो पाली दशैँको लागि सोलुखुम्बुको सल्लेरीमा मेरो कार्यक्रम हुँदैछ । त्यतैतिर ट्रेकिङ गइन्छ । त्यहाँ कार्यक्रम गरेर आएर दशैँ यतै मनाईन्छ ।’ उनीले प्रष्टाइन् ।

komal oliko dashain

विशेष

ADVERTISEMENT