समाचार

चौबीस घन्टाकालागि मदिरा बिक्रीमा रोक

चौबीस घन्टाकालागि मदिरा बिक्रीमा रोक
alcohol-ban-nepalaaja
कञ्चनपुर, २३ असोज । कञ्चनपुरमा दसैँका बेला २४ घन्टाका लागि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । मदिरा नियन्त्रण समिति कञ्चनपुरले आयोजना गरेको सर्वपक्षीय बैठकमा दसैँका बेला २४ घन्टाका लागि मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको हो । “चाडपर्वका बेला मदिरा बिक्री वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झैझगडा हुने, दुर्घटना निम्तिने र महिलामाथि हिंसालगायतका घटना हुने भएकाले अवाञ्छित क्रियाकलाप न्यूनीकरणका लागि रोक लगाउने निर्णय गरेका छौँ” – मदिरा नियन्त्रण समिति कञ्चनपुरका अध्यक्ष भगवती थापाले भन्नुभयो । मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउनका लागि प्रहरीका सबै एकाइमा पत्राचार गरिएको उहाँले बताउनुभयो । रोक लगाइएका बेला मदिरा बिक्री वितरण र सेवन गरेको पाइए हदैसम्मको कारबाही हुने बताइएको छ । दुईजना कैदी रिहा
यसैबीच, कञ्चनपुर कारागारबाट आज बिहान दसैँका अवसरमा असल चालचलन भएका दुईजना कैदी रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दसैँको अवसरमा असल चालचलन भएका कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णयअनुरुप कैदी रिहा भएका हुन् । चालीस प्रतिशत कैद भुक्तान गरेका ज्यान मुद्दामा सजाय काट्दै आएका दार्चुलाका डम्बरसिंह महरा सोही मुद्दामा सजाय काट्दै आएका शैलेन्द्र महताको बाँकी कैद मिनाहा भई रिहा भएको कारागारका जेलर श्यामराज भट्टले बताउनुभयो । “असल चालचलन भएका आधा दर्जन कैदीको कैद मिनाहाका लागि केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाएकामा दुईजनाको मात्रै कैद मिनाहा भएको छ” – उहाँले भन्नुभयो । शव फेला
यसैबीच, नदीमा डुबेका कञ्चनपुरको देखतभूली–९ का २८ वर्षीय रामचन्द्र पन्तको शव प्रहरीले आज फेला पारेको छ । इलाका प्रहरी कार्यालयका कृष्णपुरका अनुसार शनिबार गोरु चराएर फर्कंदा वनहरा नदी तर्ने क्रममा पन्त डुबेर बेपत्ता भएका थिए । पन्तको शव डुबेको स्थानभन्दा केही पर नदी किनारामा आज दिउँसो फेला परेको प्रहरीले जनाएको छ । रासस

alcohol ban for 24 hour

विशेष

ADVERTISEMENT