समाचार

नेता नेपाल स्वदेश फिर्ता

नेता नेपाल स्वदेश फिर्ता
madhav kumar nepal
काठमाडौँ, २२ असोज । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इन्डोनेसियामा सम्पन्न ‘जुँछे विचारधारा’ सम्बन्धी विचार गोष्ठीमा भाग लिई आज स्वदेश फिर्ता हुनुभएको छ । कोरियन वकर्स पार्टीको निमन्त्रणामा सो कार्यक्रममा जानुभएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सो कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । एमाले विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल यही असोज १७ गते त्यसतर्फ जानुभएको थियो । सोभियत युनियनसँगको विवादका क्रममा सन् १९५० मा उत्तर कोरियामा ‘आत्मविश्वास’ को अवधारणाका साथ सो विधारधाराको जन्म भएको थियो । रासस

madhav kumar nepal returned to nepal

विशेष