समाचार

शङ्कास्पद अवस्थामा महिलाको शव फेला

शङ्कास्पद अवस्थामा महिलाको शव फेला

राजविराज, २२ असोज । सप्तरी बोरिया गाविसमा आज शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । मुखको दुवैपट्टिको भागमा ढुङ्गा प्रहार भएको र शरीरको अन्य भागमा समेत नीलडाम परेको अवस्थामा शव फेला परेको हुँदा कसैले उनलाई हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अध्ययन एवम् अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । रासस

suspecious death body found

विशेष