समाचार

प्राणीको रगत नबगाई पनि महाअष्टमी मनाउन सकिन्छ

प्राणीको रगत नबगाई पनि महाअष्टमी मनाउन सकिन्छ

ma-mahagauri-nepalaaja


असोज २३ । नवरात्रको आठौं दिन महाअष्टमीका रुपमा माता महागौरीको पूजा हुने गर्दछ । बडादसैंको आठौं दिन महाअष्टमीमा मुलुकभरका शक्तिपिठहरुमा बोका, राँगा, हाँस कुखुरा आदि बलि दिने चलन पनि छ । बलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला, केरा आदिलाई पशुको स्वरुप दिएर बलि दिने गर्छन् । यो विधिले पशुपंक्षीको रगत नबगाई पनि बलि दिन सकिने देखाउँछ ।

पूजा विधि


गणेशको रुपमा कलश र जमरा स्थापना गरेको ठाउँमा आज पूजा गरिन्छ । कलशको छेउमा ससाना ढुङगांहरुलाई नवदेवीको रुपमा राखिन्छ । ढुङगांको प्रतिमालाई नैवेध, फलफुल चढाई पुजा गरिन्छ ।

अष्टमीको दिनमा घरेलु हातहतियार, विभिन्न कलपुर्जा, र अन्य हतियारजन्य सामानहरु पनि पुजा गरिन्छ । देवीलाई विजयी बनाउने हतीयारलाई शक्तिशाली बनाउन हतीयार पुजा गर्ने चलन चलेको हो ।

अष्टमीको दिन भद्रकालीको पनि पुजाआरधना गरिन्छ । महादेवकी पत्नी सतीदेवीले आफ्ना पिता दक्षप्रजापतिबाट महादेवको निन्दा सुन्न सकिनन् । त्यही कारणले उनले अग्नीकुण्डमा हाम फालेर आत्मदाह गरिन् । त्यही कारणले महादेव भद्रकालीको रुपमा प्रकट भए । त्यसैले आजको दिनलाइ नवरात्रीको विशेष दिन मानिन्छ ।

बली


बलि दिने कुराको चौतर्फी विरोध भएको लामो समय भैसक्यो । तर बलि दिने परम्परा हट्न सकेको छैन । अष्टमीको दिन देशभरको शक्तिपिठहरुमा नै बलि दिईन्छ ।

काठमाण्डौ स्थित हनुमान ढोकाको तलेजु भवानीमन्दिरको दसैं घरमा ५४ वटा राँगा र ५४ वटा नै बोकाको बलि दिइन्छ । काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपिठहरु सबै ठाउमा बलि दिईन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि पुजापाठ गरि बलि दिने गरिन्छ ।

त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर, छिन्नमस्ता मन्दिर, वारा जिल्लाको वरियारपुरमा रहेको गढीमाई मन्दिर, अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर, विराटनगरको रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कु गाविसमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई बलि चढाइन्छ । –सागर बुढाथोकी

ma mahagauri stop animal killing

विशेष

ADVERTISEMENT