अपराध सुरक्षा

दाङबाट चितुवाको छालासिहत दुई व्यक्ति पक्राउ

दाङबाट चितुवाको छालासिहत दुई व्यक्ति पक्राउ
असोज–१९ । दाङमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुलाई गोप्य सूचनाको आधारमा दाङ देउखुरीको लमही बजारबाट प्रहरीले पक्राउ गरेको हो । pakrau पक्राउ पर्नेमा सिसहनिया गाविस वडा नं. १ निवासी ४९ वर्षीय टेकबहादुर केसी र लालमटिया गाविस वडा नं. ८ निवासी ४५ वर्षीय मुक्तबहादुर थापा रहेका छन् । पक्राउ परेकाले आफूहरु कारोबारी नभएको र अरुको भरिया मात्रै बनेको जिकिर गर्दै आएको प्रहरीले बताएको छ । पक्राउ परेकाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Accident in Dang dang pakrao