विचित्र विश्व

१ मिनेटमा ७९ जना मानिससँग हात मिलाएर गिनिज बुक अफ वल्र्डमा रेकर्ड दर्ता

१ मिनेटमा ७९ जना मानिससँग हात मिलाएर गिनिज बुक अफ वल्र्डमा रेकर्ड दर्ता
असोज - १६ । वास्तवमा कसैलाई अगाँलो मार्नु माया तथा स्नेहको प्रतिक हो तर के तपाईलाई थाहा छ अगाँलो मारेर पनि वल्र्ड रेकर्ड बनाउन सकिन्छ । hat-milaune भारतको हैदराबादमा यस्तै एउटा घटना भएको छ । हैदराबादका कृष्णकुमारले केवल ६० सेकेन्ड अर्थात एक मिनेटमा ७९ जना मानिससँग अगाँलो मारेर वल्र्ड रेकर्ड बनाएका हुन् । उनको नाम अहिले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । हैदराबादमा बस्ने कृष्ण कुमार महजले एक मिनेटमा सबैभन्दा धेरै मानिससँग अगाँलो मारेर यो उपाधी हात पारेका हुन् । यस्तो गरेपश्चात सामाजिक सञ्जालमा कुमार चर्चामा अाएका छन् । मानिसहरु उनको यो कार्यको सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

Aak minetue ma 79 saga hat miolaye guinness India