अपराध सुरक्षा

श्रीमतीमाथि बञ्चरो प्रहारपछि प्रहरीको शरणमा

श्रीमतीमाथि बञ्चरो प्रहारपछि प्रहरीको शरणमा


बाँके । बाँकेको जानकी गाउँपालिकामा श्रीमानले श्रीमतीमाथि बञ्चरो प्रहार गरेका छन् । श्रीमानको बञ्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । घाइतेको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । 


बाँकेको जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले शनिबार ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ । 


श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेका थिए ।