अपराध सुरक्षा

खुट्टामा २ गोली हानी नियन्त्रणमा

खुट्टामा २ गोली हानी नियन्त्रणमा

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ । 

तेह्रथुम म्याङ्लुङ घर भएका छिरिङको दाहिने खुट्टामा दुई राउण्ड गोली लागेको छ । महाशाखाका अनुसार तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा सलंग्न अभियुक्त हुन् ।  नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । 

गोली लागि घाइते उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । छिरिङको पक्राउसँगै कोटेश्वरमा प्रहरी चौकी अगाडि हुन लागेको डकैतीको योजना टरेको प्रहरीको दाबी छ ।
 

२ गोली प्रहरी अपराध महाशाखा