समाचार ताजा खबर

कुलमान विरुद्ध बोल्न थालेपछि महेश बस्नेतलाई आफ्नैले दिए दनक

कुलमान विरुद्ध बोल्न थालेपछि महेश बस्नेतलाई आफ्नैले दिए दनक


काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले गरेको भाषणलाई लिएर उनकै एक सहकर्मीले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । प्रकाश दुलालले नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङमाथि अख्तियारले छानबिन गर्नुपर्ने भनेर सदनमा भाषण गरेपछि बस्नेत कार्यकालमा युवा संघकै केन्द्रीय कमिटीमा सहकर्मी रहेका प्रकाश दुलालले आपत्ति जनाएका हुन् । दुलालले फेसबुकमार्फत विभिन्न ८ विषयमा बस्नेतको ध्यानाकर्षण गराएका हुन् । दुलालको ध्यानाकर्षण जस्ताको तस्तै :

माननीय महेश बस्नेतज्यु 
नमस्कार ।


विषय : ध्यानाकर्षण ।


उपरोक्त विषयमा तपाईंको हिजो संसदको भाषण हेरेपछि विगतमा तपाईं सँगै युवासंघ नेपालको केन्द्रीय कमीटीमा कामगरेको सहकर्मीको नाताले केहि लेख्न र भन्न मन लाग्यो । तपाईंले हिजो संसदमा नेपाल विधुत् प्राधिकरणले उध्योगीबाट उठाउनु पर्ने ट्रंक लाईनको विधुत् महसुल नउठाएको विषयलाई लिएर कुलमान घिसिङमाथी अख्तियारले भ्रष्टाचार कारवाही थाल्नुपर्ने माग गर्नु भएछ । साथै सोही प्रसंगमा केहि समय अगाडि सार्वजनिक लेखा समितिको बैठकमा । अमनलाल मोदीले उठाएको माग सहि भन्दै उनि ठिक र कुलमान बेठीक भन्नु भएछ । साथै कुलमानले लोडसेडिङ अन्त्य गरेकोमा समर्थन गरेको जस्तो गरेर जानतालाई भ्रममा पारेर कुलमान माथि भ्रष्टाचारको आरोप समेत लाउनु भए छ । म विगतको तपाईंको सहकर्मीको नाताले तपशिलका विषयमा तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु 


१)  तपाईंको विचारमा अदालतले ट्रंक लाईनको शुल्क तिर्नुपर्छ भनेर फैसला गर्दा समेत नतिर्ने उध्यमी ठिक र कुलमान बेठीक भए भएछन् । पैसा उठाउन खोज्ने कुलमान बेठीक र नतिर्ने उध्यमी ठिक कसरी भए?


२) अदालतको फैसला कार्यान्वयन सरकारले गर्ने हो कि होइन रु यसमा सरकारले कुलमानलाई सहयोग गर्नुपर्नेमा असहयोग गरेको छ किरु असहयोग गरेको भए सरकार माथि नै छानबिन थाल्नुपर्ने हो कि? हिजो युथफोर्समा हुँदा काला बजारी विरुद्धमा आन्दोलन गर्ने तपाईं आज संसद र भुतपुर्व उध्योग मन्त्री भएपछि राज्यको अरबौ रुपैयाँ तिर्नुपर्नेमा नतिर्ने उध्यमीलाई सहयोग पुग्ने गरि कुलमानको हुर्मत लिने कस्तो राजनीति हो रु कि संसद भएपछि जे वोले पनि हुन्छ भन्ने मान्यता तपाईमा स्थपित हुँदै छ ?


३) सरकार सेन्डीकेट हटाउने निर्णयबाट किन पछाडि हट्यो रु सरकारले ३३ क्वीन्टल सुन काण्डको छानबिन किन विचमै रोक्यो रु टेक्का लिएर काम नगर्ने टेकेदारलाई कारवाही गर्ने कुरा किन विचमै तुहाईयो रु ह्वाइट वढीमा भएको भ्रष्टाचारको छानबिन गर्न गठन गरेको उच्चस्तरीय समितिलाई किन ४५ दिनसम्म पत्र नदिएर तेतिकै समय गुजार्यो र सो विषय सामसुम पार्न खोजीदै छरु निर्मला पन्त वलत्कार पछिको हत्याको छानबिन कहाँ पुग्यो ? पाचथरको मिक्लाजुङ घटनाको यथार्थ कहिले वाहिर आउँछ रु बालुवाटार जग्गा काण्डमा मुछिएका आफ्ना महासचिवको बचाउमा सरकारका प्रवक्ता लागेर उनलाई किन क्षतिपूर्ति दिने घोषाणा गरे? ईटहरीका मेयरले सत्ताको आडमा पत्रकारको कुटपिट गर्ने भन्दै सार्वजनिक रुपमा धम्की दिईरहेका छन् उनि माथि कारवाही किन नगर्ने? यि र यस्ता विषयमा किन आवाज उठाउनु भएन रु कि तपाईंको विचारमा यि विषय संसदमा वोल्न योग्य विषय रहेनन् ?


४) नेपाल टेलिकमको द्धन् सेवा टेक्कामा आर्थिक अनियमितता भएको भनेर सर्वत्र भनिएको छ यस विषयमा किन मौन हुनुहुन्छ? 

 

५) धादिङका किसानले मल नपाएर रित्तो वोरा लिएर सडक आन्दोलन गरेको विषयले तपाईंको प्राथमिकतामन किन परेन ? झापाका चिया मजदुरले ज्याला नपाएको विषयले तपाईं लाई किन छोएन?


६)  बजेट भाषणपछि तत्कालै बजार मुल्य आकासीएको छ, बजारमा कालाबजारी व्यप्त छ यस तर्फ तपाईंको ध्यान किन गएन?


७) एक जना राष्ट्रसेवक जसले नेपालीलाई अध्यारोबाट उज्यालो तर्फ मात्रै लगेनन् डुब्न लागेको नेपाल प्राधिकरणलाई नाफामा लगे उनलाई नै कारवहीको माग किन गर्नुभयो?


८) यसले हिजो तपाईंले हामीले गरेको राजनीती समतामूलक र न्यायपुर्ण समाजका निर्माणका लागि थियोे तर आज ति उदेश्य विर्सेर सत्तामा पुगेपछि पुर्व उध्योग मन्त्रीको हिसाबले उध्योगीको शुल्क मिनाहा गर्न लागेको जस्तो देखियो ।


अन्त्यमास तपाईंलाई पुर्व उध्योग मन्त्री भन्दा पहिला आफु एक साधारण नागरिक भएर सोच्न ध्यानाकर्षण गराउन चाहन्छु
धन्यवाद ।