समाचार भिडियो

दरबार हत्याकाण्ड यसकारण भुल्दैनन् नेपालीहरु भिडियोसहित

दरबार हत्याकाण्ड यसकारण भुल्दैनन् नेपालीहरु भिडियोसहित


काठमाडौँ । दरबार हत्याकाण्डको १८ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति नियमित भोजका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित उनका वंशका १० जनाको हत्या भएको थियो । दुनियाँ चकित बनाउने यस हत्याकाण्डका मुख्य पात्र युवराज दीपेन्द्र रहेको प्रतिवेदन तत्कालीन छानबिन समितिले सार्वजनिक गरेको छ ।

तर दीपेन्द्र नै वंशनाशका मुख्य कारक हुन् भन्ने कुरामा नेपाली जनता भने आश्वस्त हुन सकेका छैनन् । त्यति ठूलो नरसंहार भएको नारायणहिटी राजदरबार अहिले संग्रहालयमा परिणत भएको छ जुन आम सर्वसाधारणको लागि खुल्ला गरिएको छ । २०६५ जेठ १५ गते नेपाल गणतान्त्रिक राष्ट्र घोषणा भएसँगै संग्रहालयमा परिणत गराइएको नारायणहिती २०६५ साल माघ १६ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

२४० वर्षको राजतन्त्रको युग अन्त्य अनि तत्कालीन राजारानीको वंशनाश भएको स्थान भएकाले पनि नारायणहिटी आम सर्वसाधारणको चासोको स्थान हो । त्यसैले पनि नारायणहिटीमा तत्कालीन राजपरिवारको संहार भएको स्थान हेर्न आम मानिस पुग्छन् । नारायणहिटी भित्रको त्रिभुवन सदनको बिलियार्ड हलभित्र तत्कालिन राजाको परिवारका सदस्यहरुको नरसंहार भएको थियो । राजदरबार पुग्ने सबैले यसै स्थानमा चियाई चियाई हर्ने गरेको पाइन्छ ।

नारायणहिटी भित्र राजपरिवारका सबै सामान, बैठक कक्ष, अतिथि कक्ष विभिन्न जिल्लाका नामबाट राखिएको छ ।  विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, भोजन कक्ष, भान्छा, रानीको श्रृङगार कक्ष, राज र राजपरिवारको विश्राम कक्ष लगायतका कोठा प्रदर्शनीमा राखिएको छ जुन विभिन्न जिल्लाका नामबाट नामाकरण गरिएको छ ।

यसका साथै बुलेट पु्रफ सिसाभित्र श्रीपेच, राजदण्ड, तरबार, मुकुट लगायत राखिएको छ । जसको अवलोकन गर्न  दैनिक सयौंको संख्यामा आन्तरिक र वाह्य पर्यटक नारायणहिटी पुग्ने गरेका छन् । बिदाको दिन, मंगलबार र बुधबारबाहेक नारायणहिटी खुला गर्ने गरेको नारायणहिटी संग्रहालयले जनाएको छ ।
जेठ १९ को अवसर पारेर नारायणहिटी पुगेका धेरैले तत्कालीन राजा वीरेन्द्रलाई स्मरण गरे । नारायणहिटीमा भेटिएका सर्वसाधारणले नेपाल आजसँग तत्कालीन राजा वीरेन्द्रको स्मरण यसरी गरे हेर्नुहोस् भिडियो .....

">

ADVERTISEMENT