बंगलादेशविरुद्ध अष्ट्रेलियाको ठोस सुरुवात

बंगलादेशविरुद्ध अष्ट्रेलियाको ठोस सुरुवात

 विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार बंगलादेश र अष्ट्रेलियाबीच खेल भइरहेकाे छ। बंगलादेशविरुद्धको खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेकाे छ।

प्रारम्भिक ब्याट्सम्यानका रुपमा आएका कप्तान आरोण फिञ्च र डेभिड वार्नरले शानदार सुरुवात गरेका छन् ।  सुरुका केही ओभरमा सुस्त ब्याटिङ गरेपनि पछिल्लो ओभरमा वार्नर र फिञ्चले चौका, छक्काको वर्षा गरेका छन् । 

जारी विश्वकपमा पाँच खेलबाट ८ अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको तेस्रो स्थानमा छ। चार खेलमा जित हाँसिल गरेको अष्ट्रेलिया भारतसँगकाे खेलमा पराजित भएकाे थियाे। अष्ट्रेलिया आजको खेलमा विजयी भए अंकतालिकाको शीर्ष स्थानमा उक्लने छ।

अष्ट्रेलिया ११ औँ  एक दिवसीय विश्वकप क्रिकेटकाे विजेता टाेली हाे। उसले फाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै विश्वकपको उपाधी उचालेको थियो।

यस्तै पाँच खेलबाट पाँच अंक जोडेको बंगलादेश अंकतालिकाको पाँचौ स्थानमा रहेको छ।

संम्बधित खबर