खेल

पाकिस्तानले टस जितेर फिल्डिङ रोज्यो, भारत ब्याटिङमा

पाकिस्तानले टस जितेर फिल्डिङ रोज्यो, भारत ब्याटिङमा

विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल सुरु भएको छ । लण्डनको म्यानचेष्टर क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङको निर्णय गरेपछि अहिले भारत ब्याटिङमा उत्रिएको छ । 


भारतको ओपनर ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि उनको स्थानमा के एल राहुल ओपनिङमा आएका छन् । उनी रोहित शर्माको साथमा ओपनिङ गर्न मैदान छिरिसकेका छन् । भारतका लागि कप्तान विराट कोहली, महेन्द्र सिंह धोनी, रोहित शर्मा, हार्दिक पाण्डे लगायतले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 


खराब फिल्डिङ भएपनि पाकिस्तानले आजको खेलमा भारतलाई हराउने दावी गरेको छ । पाकिस्तानका लागि फकहर जमान, इमाम उल हक, बबर अजाम र कप्तान सरफराज अहमदको प्रदर्शन महत्वपूर्ण हुनेछ । 


ताजा अवस्थामा भारतले ३ खेलमा २ जित र एकमा बिना नतिजा अंक बाँडेको छ । पाकिस्तानले भने ४ खेलमा एउटा जित, दुई हार र एक विना नतिजा अंक बाँडेको छ ।