अपराध सुरक्षा

बलात्कार मुद्दाका फरार ८ वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार ८ वर्षपछि पक्राउ

झापा । प्रहरीले बलात्कार मुद्दाका फरार रहेका एक अभियुक्तलाई ८ वर्षपछि पक्राउ गरेको छ । पुनरावेदन अदातल इलामले फैसला सुनाएका हल्दिबारी गाउँपालिकाका ७२ वर्षीय गणेश मगरलाई प्रहरी कार्यालय झापाले ८ वर्षपछि पक्राउ गरेको हो ।

 

मगरविरुद्ध बलात्कार मुद्दामा पुनरावेदन अदालत इलामको २०६७ साउन ४ गते फैसला बमोजिम सजाय सुनाएको थियो । तर मगर फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अनुसार पक्राउ परेका मगरलाई कैद भुक्तानका लागि झापा कारागार चलान गरिसकिएको छ । 

पक्राउ बलात्कार