बिरामीको मृत्युपछि ओ‌म अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि ओ‌म अस्पताल तनावग्रस्त

काठमाडौं : काठमाडौंको चावाहिलस्थित ओम अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव भएको छ। पथरीको शल्यक्रियाका क्रममा बिरामी मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित बनेका हुन्।

उपचारका क्रममा सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको मृत्यु भएको हो। अस्पतालको लापरवाहीले थापाको निधन भएको उनका बहिनी ज्वाइँ खड्ग श्रेष्टले बताए। उनका अनुसार पथरीको शल्यक्रिया गर्न आएकी था‍पाको आन्द्रा काटिएर मृत्यु भएको हो।

थापाका मृत्युपछि अहिले ओम अस्पतालमा आफन्तहरूले नाराबाजी गरेका छन्। उनीहरूले लावरवाही गर्ने चिकित्सकमाथि कारवाही गर्नु पर्ने माग गरेका छन्। आफन्तले नारा जुलुस गर्न थालेपछि अहिले ओम अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ।

ओम अस्पताल

संम्बधित खबर

ADVERTISEMENT