समाचार

विप्लवका कार्यकर्ताले गरे वडा कार्यालय तोडफोड

विप्लवका कार्यकर्ताले गरे वडा कार्यालय तोडफोड

जाजरकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले नलगाड नगरपालिका–१० को वडा कार्यालयमा तोडफोड गरेका छन्। तोडफोडका कारण कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति पुर्‍याइएको छ ।

जिल्ला प्रहरी कार्यालयले कार्यालय तोडफोड गरेको पुष्टि गरेको छ।  विप्वल नेतृत्वको समूहका कार्यकर्ताले जनप्रतिनिधिलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका हुन् । विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले अन्य ठाउँका दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी समेत दिएका छन् ।

ADVERTISEMENT