समाचार

लोकसेवाको विज्ञापन रोक्न संसदीय समितिले दिएको निर्देशनबारे सांसदहरुबाट सरकारको धारणा माग

लोकसेवाको विज्ञापन रोक्न संसदीय समितिले दिएको निर्देशनबारे सांसदहरुबाट सरकारको धारणा माग

 


काठमाडौँ । सांसदहरुले कर्मचारी भर्नासम्बन्धी विज्ञापन रोक्ने संसदीय समितिको निर्देशनका बारेमा सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर सांसदहरुले प्रदेश लोकसेवा आयोग गठन गर्न आग्रह समेत गरे । सांसदरुले प्रदेश लोकसेवा आयोग गठनमा ध्यान दिन सरकारलाई सुझाव दिँदै आयोगको विज्ञापन समावेशी र समानुपातिक बनाउन सुझाव दिए ।

 

बिशेष समयमा नेकपाका अञ्जना विशङ्खेले आयोगको विज्ञापनको विषयलाई लिएर शुरु भएको विवादले कसैको पनि हित नगर्ने बताउँदै विज्ञापन समावेशी र समानुपातिक बनाउनुपर्ने बताउनुभयो । काग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आयोगको विज्ञापनलाई विवादमा तान्न नहुनेमा जोड दिँदै यसका बारेमा सरकारको धारणाा प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

 

समाजवादी पार्टी नेपालका प्रमोद साहले आयोगबाट प्रकाशित विज्ञापन संविधानानुकूल नरहेको भन्दै रद्द गरी समानुपातिक र समावेशी बनाउन माग गर्नुभयो ।