विदेश

साउदी अरबको विमानस्थलमा विष्फोट, २६ जना घाइते

साउदी अरबको विमानस्थलमा विष्फोट, २६ जना घाइते

 


साउदी अरेबिया । साउदी अरबको अबहास्थित एक विमानस्थलमा विष्फोट हुँदा २६ जना घाइते भएका छन् ।
यमनमा सक्रिय हुथी विद्रोही समूहले दाबी गरेको क्रुज क्षेप्यास्त्र आक्रमणबाट विष्फोट भएको जनाइएको छ ।

 

इरानसमर्थित हुथी लडाकुले यसअघि साउदी अरबको अबहा विमानस्थललाई लक्षित गरी क्रुज क्षेप्यास्त्रबाट आक्रमण गरिएको दाबी गरेको थियो ।

 

सन २०१५ यता साउदी अरब नेतृत्वको अरब गठबन्धनले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ । साउदी आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान जाने गरेको भन्दै आलोचना समेत हुने गरेको छ ।