मनोरञ्जन

'भ्वाइस अफ चाइना'बाट बाहिरएपछि सुजन पुगे 'भ्वाइस अफ लाइसुइ'मा

'भ्वाइस अफ चाइना'बाट बाहिरएपछि सुजन पुगे 'भ्वाइस अफ लाइसुइ'मा

काठमाडौं । भारतीय रियालिटी शो सारेगमपमा दुई नेपाली बालक तेस्रो र चौँथो बन्दा एक नेपाली युवाले ‘भ्वाइस अफ चाइना’ को आफ्नो दमदार प्रस्तुति दिएका छन् । उनी हुन् काठमाडौंका सुजन श्रेष्ठ ।

दमदार प्रस्तुति दिँदादिँदै पनि सुजन भ्वाइस अफ चाइनाको बिलाइन्ड अडिसनबाट आउट भएका छन् । भोटिङका कारण आफू आउट हुनु परेको उनले बताए। उनले उक्त प्रतिस्पर्धामा अंग्रेजी गीत गाउँदा पनि आउट गरियो कि भन्ने आशंका व्यक्त गरे।

उनी सुरुमा बेजिङमा भएको अडिसनमा ८० हजार प्रतिस्पर्धीबाट छानिएका थिए । त्यसपछिको प्रतिस्पर्धाबाट बिलाइन्ड अडिसनमा जानेबेला आउट हुनुपरेको उनले बताए। भोटिङका आधारमा भएको गरिएको निर्णयमा उनले मात्रै ४ हजार भोट पाएका थिए भने अरूले झण्ड चार करोड भोट प्राप्त गरेका थिए।

भ्याइसअफ चाइनाबाट आउट भएपछि फेरि उनी अर्को प्रतिस्पर्धामा भाग लिएका छन्। उनका अनुसार उनले 'भ्वाइस अफ लाइसुइ'मा उनी प्रतिस्पर्धा गरिरहेका छन्। उनले भविष्यमा इन्डियन आइडलमा भाग लिने योजना रहेको पनि सुनाए।

यसअघि ‘सिल्क रोड — वान बेल्ट वान रोड’ म्यूजिक कम्पिटिसनमा पनि सुजनले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । ७२ देशले सहभागिता जनाएको उक्त प्रतिस्पर्धामा ५०० जनाभन्दा बढी प्रतिस्पर्धीमध्ये सुजनले नेपालको प्रतिनिधित्व गरेका थिए ।

 सुजन श्रेष्ठ