समाचार

नेपालको इन्टरनेट गति अति सुस्त, दुई सय देशमा १४४औँ स्थानमा

नेपालको इन्टरनेट गति अति सुस्त, दुई सय देशमा १४४औँ स्थानमा

काठमाडौंः ब्रोडब्यान्ड इन्टरनेटको गतिमा नेपाल २ सय मुलुकमध्ये १ सय ४४औँ स्थानमा छ । विश्वभरका मुलुकको ब्रोडब्यान्ड इन्टरनेट तुलना गर्ने सस्था संयुक्त अधिराज्य बेलायतस्थित ‘केबल डट को डट युके’ले अन्तर्राष्ट्रिय उपभोक्ता अनुसन्धानमूलक परामर्श संस्था ‘बिभिए बिडिआरसी’को सहयोगमा सन् २०१८ मा संयोजन गरेको २ सय मुलुकको तथ्यांकले यस्तो देखाएको हो । 

 

उक्त तथ्यांक अमेरिकाज ओपेन टेक्नोलोजी इन्स्टिच्युट, गुगल ओपन सोर्स रिसर्च, प्रिन्स्टन युनिभर्सिटिज प्लानेट ल्याब र अन्य सहयोगी साझेदारसँगको सहकार्यमा अमेरिकन संस्था एम ल्याबले १२ महिना लगाएर २९ मे २०१८ सम्म संकलन गरेको थियो । नेपालमा २० हजार ८ सय ८७ पटक गरिएको परीक्षणमा इन्टरनेटको औसत गति २ दशमलव ३६ प्रतिशत देखिएको छ । 

 

यद्यपि, अघिल्लो वर्षको तुलनामा नेपालको इन्टरनेट गतिमा १ दशमलव ३९ एमबिपिएस सुधार गर्दै २५ स्थानमाथि उक्लिएको हो । यद्यपि, दक्षिण एसियामा भारत र श्रीलंकाबाहेक अन्य मुलुकको तुलनामा नेपालमा औसत इन्टरनेटको गति उच्च छ । तथ्यांकअनुसार विश्वमा इन्टरनेटको औसत ६० दशमलव ३९ एमबिपिएस गतिका साथ सिंगापुर पहिलो स्थानमा छ भने शून्य दशमलव ३१ एमबिपिएस औसत गति भएको यमन अन्तिममा छ । विश्वकै इन्टरनेटको औसत गति भने ९ दशलव १ एमबिपिएस छ । यो तथ्यांक जुन २०१७ देखि मे २०१८ को बीचमा मापन गरिएको केबल युकेले जनाएको छ । परीक्षण अवधिभर २ सय मुलुकमा १६ करोड ३० लाख परीक्षण गरिएको थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

इन्टरनेट