समाचार

पढ्न विदेश जाने विद्यार्थीलाई चाहिने नो अब्जेक्शन लेटर दिन बन्द

पढ्न विदेश जाने विद्यार्थीलाई चाहिने नो अब्जेक्शन लेटर दिन बन्द

 


काठमाडौँ । शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ अर्थात् एनओसी उपलब्ध गराउने काम बन्द गरेको छ । मन्त्रालयले मंगलबारबाट नो अब्जेक्शन लेटर उपलब्ध गराउने काम बन्द गरेको हो ।

 

नेपालबाट भोकेसनल डिप्लोमा अध्ययन तथा भाषा सिक्नका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी उपलब्ध गराउन बन्द भएपछि  विद्यार्थीहरु भने अन्यौलमा परेका छन् । एनओसी बन्द गर्नुको कारणबारे भने मन्त्रालयले केही खुलाएको छैन ।