समाचार

प्रधानमन्त्रीबाट बेलायती प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता 

प्रधानमन्त्रीबाट बेलायती प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता 

काठमाडौँ । बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्धिपक्षीय भेटवार्ता भएको छ । बेलायती प्रधानमन्त्रीसँग लन्डनमा प्रधानमन्त्री ओलीको भेटवार्ता गर्नुभएको हो । 

 

भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासा लगायतबारे  छलफल भएको थियो । 

 


भेटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीलगायत सहभागी थिए । 

 

यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गर्नुभएको थियो । 


त्यस्तै बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकले भेट गरी निवृत्तिभरण आदि विषयमा भेदभाव भएको भन्दै प्रधानमन्त्री ओलीसँग गुनासो गरेका थिए ।

ADVERTISEMENT