समाचार मुख्य समाचार

बजेट रकमान्तर गरी कर्णालीमा मुख्यमन्त्रीले विलासी गाडी खरिद गर्ने निर्णय गरेपछि.....

बजेट रकमान्तर गरी कर्णालीमा मुख्यमन्त्रीले विलासी गाडी खरिद गर्ने निर्णय गरेपछि.....

 


सुर्खेत । साझा विवेकशील पार्टीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई रातो गाडी उपहार दिएको छ । बजेट रकमान्तर गरेर ५४ वटा विलासी गाडी खरिद गर्ने मुख्यमन्त्रीको निर्णयको विरोधमा ‘रातो गाडी’ उपहार दिएको हो ।

 

आधाभन्दा बढी नागरिक गरिबीको रेखामुनी रहेको प्रदेश सरकारका मन्त्रीले विलासी सवारी साधनमा सयर गर्न थालेको विरोध स्वरुप मंगलबार मुख्यमन्त्री कार्यालयमा कर्णालीबासीको तर्फबाट मुख्यमन्त्रीलाई उपहारमा डमी ‘रातो कार’ उपहार प्रदान गरिएको साझा विवेकशील पार्टी कर्णाली प्रदेशले जनाएको छ । 

 


साझा विवेशशिल पार्टीका कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दाहालले चालु आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश सरकारले विकास बजेट रकमान्तर गरेर ५४ वटा गाडी खरिद गरेकाले सांकेतिक विरोध स्वरुप मुख्यमन्त्रीलाई रातो गाडी उपहार दिईएको बताउनु भयो ।

जनताको करबाट ल्याइएको बजेट विकासमा लगानी गर्नुको साटो मन्त्रीले महँगो गाडीमा खर्च गर्न थालेकाले त्यसको विरोध गरिएको उहाँको भनाइ छ ।