समाचार

भूकम्पबाट क्षति पुगेका अझै ३ हजार बढी विद्यालय पुनर्निर्माण हुन बाँकी

भूकम्पबाट क्षति पुगेका अझै ३ हजार बढी विद्यालय पुनर्निर्माण हुन बाँकी

 

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइले विनाशकारी गोरखा भूकम्पबाट क्षति पुगेका चार हजार ६ सय ४६ ओटा विद्यालय पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा इकाइले क्षति पुगेका सात हजार ९ सय २३ विद्यालयमध्ये चार हजार ६ सय ४६ ओटा विद्यालय पुनर्निर्माण सम्पन्न भएको जनाएको हो ।

 

भूकम्पबाट क्षति पुगेका एक हजार ६ सय १५ विद्यालय भने निर्माणाधीन अवस्थामा छन् । विद्यालय व्यवस्थापन समिति, गैरसकारी संस्था र निर्माण व्यवसायीहरुमार्फत् हाल विद्यालय पुनर्निर्माण भइरहेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

 

निर्माणाधीन विद्यालयमध्ये ८० प्रतिशतमा नेपाल सरकार र दातृसंस्थाहरुको सहयोगमा र १० प्रतिशतमा गैरसरकारी संस्थाहरुको सहयोगमा काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख इमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।  श्रेष्ठले विद्यालय पुनःनिर्माण सम्पन्न गर्न अझै १ सय १९ अर्ब रुपैयाँ रकम लाग्ने बताउनुभयो । 

ADVERTISEMENT