समाचार खेल

यू–१९ इस्टर्न रिजन: नेपालको पहिलो खेल म्यानमारसँग

यू–१९ इस्टर्न रिजन: नेपालको पहिलो खेल म्यानमारसँग


काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रकाशित तालिका अनुसार नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ भने दोस्रो खेल ५ जुलाईमा सिंगापुर र जुलाई ६ मा चीनसँग खेल्नेछ ।

 

दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । एसियन क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने प्रतियोगिताको २ समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।  

 

समूह ए मा नेपालसहित सिंगापुर, म्यानमार र चीन रहेका छन् भने समूह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् ।

प्रतियोगिता मलेसियामा ३० जुन २०१९ देखि देखि ९ जुलाई सम्म सञ्चालन हुनेछ ।