विदेश प्रवास

इडिभिको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ नतिजा

इडिभिको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा मंगलबार सार्वजनिक हुँदैछ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलेको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।  सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ ।

 

अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन्२०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।  नतिजा  https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन पाइने छ ।

डाइर्भसिटी भिसा इडिभि
ADVERTISEMENT