अपराध सुरक्षा

नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर

नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसरको प्रमुखमा एसएसपी उत्तमराज सुवेदी र अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापालाई जिम्मेवारी दिएको छ ।

 

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका प्रवक्ता समेत रहेका सुवेदी परिसरमा आउँदा हालका प्रमुख वसन्तकुमार लामा भने लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् । त्यस्तै सहकुल थापा अपराध महाशाखाको प्रमुखमको भुमिकामा आउँदा हालका प्रमुख धिरजप्रताप सिंह भने विराटनगर तालिम केन्द्र पुग्नेछन् ।