कभर स्टोरी अन्तरवार्ता भिडियो

‘डा.भट्टराई र उपेन्द्र दुवैको पृष्ठभूमि आपराधिक : एकता स्वभाविक’ (भिडियोसहित)

‘डा.भट्टराई र उपेन्द्र दुवैको पृष्ठभूमि आपराधिक : एकता स्वभाविक’ (भिडियोसहित)

काठमाडौं । मधेस मामिला जानकार डा. राजेश अहिराजले नयाँ शक्ति र संघीय समाजवादी फोरमबीचको एकतालाई स्वार्थप्रेरित रहेको टिप्पणी गरेका छन् । दुई दलले आफूलाई लगानी गर्ने आफ्नो मालिकको आदेश मानेर बलजफ्ती एकतामा गएको डा. अहिराजले बताएका छन् । 

 

उनले भने, ‘यो फोर्स ब्यान्डीङ हो । यसमा नीति, सिद्धान्त, विचार, अपनत्व केही पनि छैन । डा. भट्टराईले नै संविधान जारी गर्ने सबै व्यवस्था मिलाएका थिए । संविधान गलत हो भनेर उपेन्द्र यादव नाकामा धर्ना दिन पुगेका थिए । संविधान जलाउने पनि गरे । ६३ सालमा ५० जना मधेसीलाई गौरमा हत्या गर्ने काम उपेन्द्र यादवकै नेतृत्वमा भएको थियो । हत्या गर्ने र गराउने दुवै एक ठाउँमा आएका छन् ।’

 

बाबुराम भट्टराईविरुद्ध १७ हजार मानिस मारेको अभियोग छ । त्यो अभियाग त हट्नेवाला छैन छैन । माओवादी पार्टी छाडेँ भन्दैमा त्यो अपराधले छाड्नेवाला छैन । अहिराज भन्छन्, ‘अपराध र राजनीति फरक कुरा हो । अपराध गर्ने, मानवताविरोधी काम गर्नेले सजाय पाउनु पर्छ । हिंस्रक राजनीतिक गर्ने जति नै विद्वान भए पनि तिनीहरु अपराधी नै हुन् ।’

 

">

 

नेपालमा मान्छे मार्नेहरुले उन्मुक्ति पाएको तर १५ सय घुस लिएको भनेर हत्कडी लाग्ने, टिभीमै खिचेर देखाइदिने, जागिर खोसिदिने कार्य अमुक निकायले गरिरहेको अहिराज बताउँछन् । अहिराज प्रश्न गर्छन्, ‘माओवादीका बाबुरामसँग नै मिसिनु थियो भने गौरमा त्यतिका मधेसी जनताको हत्या गर्न आवश्यक थिएन । यसो किन गरियो ?’

 

मधेसमा मधेसका नाममा राजनीति गर्ने धेरै भए । मधेसका लागि राजनीति उपेन्द्र यादवले पनि नगरेको अहिराज दावी गर्छन् । 

 

विखण्डनवादी एजेन्डा छाडेर मूलधारको राजनीतिमा आएका सिके राउतले पनि ११ बुँदे सहमति गर्दा कतै पनि मधेस र मधेसी शब्द समावेश गरेनन् । उनको अभियान पनि आफ्नो दल विशेषका लागि मात्रै रहेछ भन्ने अहिराज विश्लेषण गर्छन् । राजपा, संघीय समाजवादी आदि दलहरु सिके राउतसँग डराएको उनले उल्लेख गरे । तर सिकेलाई गाली गरिरहेका छन् । आफ्नो कुकर्मको समिक्षा होला कि भनेर मधेसी दलहरु सिकेसँग डराएको डा. अहिराजले दावी गरे ।