समाचार

वरीयता मिचेर एसएसपी पोखरेल डिआइजीमा बढुवा सिफारिस 

वरीयता मिचेर एसएसपी पोखरेल डिआइजीमा बढुवा सिफारिस 

काठमाडौं । नेपाल प्रहरीको रिक्त डिआइजी पदमा एसएसपी विश्वराज पोखरेल बढुवा भएका छन् । विवादका कारण ६ महिनादेखि नेपाल प्रहरीमा डिआइजीको एक पद रिक्त रहेको थियो । पोखरेल आफ्नो ब्याचमा पहिलो नम्बरका एसएसपी हुन् । 

 

प्रहरीको भावी नेतृत्वको दाबेदार मानिएको उनको ब्याचबाट एक जनालाई मात्र बढुवा गरिएकोमा असन्तुष्टि देखिएको छ । सिनियर ब्याचका एसएसपीलाई उछिनेर उनलाई बढुवा गरिएको हो । सरकारबाट पोखरेललाई नै बढुवा गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि दबाब थियो । तर, उनले रोक्दै आएका थिए । प्रहरी महानिरीक्षक गलेपछि उनकै नेतृत्वको बढुवा सिफारिस समितिले बिहीबार पोखरेललाई सिफारिस गरेको हो । याे  समाचार नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे । 

नेपाल प्रहरी विश्वराज पोखरेल बढुवा सिफारिस