समाचार अपराध सुरक्षा देश

बारीमा लगेर सात वर्षीया बालिकामाथि बलात्कार

बारीमा लगेर सात वर्षीया बालिकामाथि बलात्कार


पर्वत । पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको दक्षिणी भेगमा पर्ने बिहादी गाउँ पालिका–५ उरामको खोरोपोखरामा रहेको चन्दमाध्यमिक विद्यालयमा मजदुरी गर्ने १९ वर्षीय सुरज परियारले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पैँयू गाउँपालिका–६ सरौखोला घर भइ बिहादी गाउँ पालिका –५ मा मजदुरको काम गर्दै आएका १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बालिका बलात्कार गरेको प्रहरीसामु स्वीकारेका थिए । 


बारीमा करणी गरिरहेको अवस्थामा देखेपछि भाग्दै गरेका अभियुक्त परियारलाई स्थानीयले पक्राउ गरेका थिए । इलाका प्रहरी कार्यालय हुवासको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यलय हुवासका प्रमुख मित्र बहादुर आचार्यले जानकारी दिनुभयो । सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकार छन्।

 पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि पोखराको गण्डकी अस्पतालामा पठाइएको छ। पक्राउ परेका सुरजसँग घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।