समाचार कभर स्टोरी भिडियो

चालकबाट दिनदहाडै महिलामाथि हातपात भिडियोसहित 

चालकबाट दिनदहाडै महिलामाथि हातपात भिडियोसहित 


कञ्चनपुर । कञ्चनपुरमा एकजना सवारी चालकले बिच सडकमै महिलामाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका छन्। सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेका हुन् ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका थिए । चालक बोहोराले धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेका हुन् ।


धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाइएको छ। 

 

 

ADVERTISEMENT