भिडियो कभर स्टोरी अन्तरवार्ता

पशुपतिशम्शेर राणा प्रधानमन्त्री हुने बाटो सहज (भिडियोसहित)

मोदीको जितले राजसंस्था र हिन्दू राष्ट्र कायम हुने विश्वास, संघीयता र धर्मनिरपेक्ष सम्बोधन नभए मुलुक विघटन

पशुपतिशम्शेर राणा प्रधानमन्त्री हुने बाटो सहज (भिडियोसहित)

काठमाडौं : भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको अपूर्व विजयले नेपालमा खुशी हुने थुप्रै मध्ये राप्रपा संयुक्तका नेता एवं उच्चस्तरीय सम्पादन समितिका सदस्य जगत गौचन पनि एक हुन् ।

भारतमा चुनाव सुरु भएसंगै भाजपाले स्पष्ट बहुमत ल्याउने दावी गौचनको रहँदै आएको थियो । नभन्दै भाजपा गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि गौचनले भने, ‘म एकदमै खुशी छु, भाजपा र मोदीको जितलाई स्वागत गर्छु । अब हामीलाई पनि आफ्ना एजेण्डा अघि बढाउन मद्दत मिल्छ ।’

उनी भन्छन् ‘ हुन त नेपालमा राजनीतिक परिवर्तन गर्ने हामी आफैँले हो । दबाव, आन्दोलन जे गर्ने हो आफैंले गर्ने हो । तर, छिमेकीहरुको सद्भाव भयो भने झन् सहज हुन्छ । हाम्रो एजेण्डामाथि भाजपा र मोदीजीको सद्भाव छ । हामीलाई अघि बढ्न झन सहज हुन्छ ।’

नेता गौचनले तीन तरिकाले आफूहरुका एजेण्डा पूरा गर्न सकिने बताए । यी एजेण्डा राप्रपा संयुक्तले उठाए पनि यी देशकै एजेण्डा भएको उनको जिकीर छ । प्रत्येक नेपालीको मनमा राजसंस्था छ । संघीयता र धर्मनिरपेक्षताप्रति असन्तुष्टि छ ।

यो विषय सम्बोधन नगरे मुलुक १५ वर्षभित्र विघटन हुन्छ । त्यसकारण कुनै पनि हालतमा मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नैपर्ने छ । राजसंस्था पुनस्र्थापित गर्नैपर्नेछ । संघीयता खारेज गर्नै पर्नेछ ।

यी तीन एजेण्डाका लागि तीन तरिका छन् :

क ) पहिलो दलहरु आफैँले संविधान संशोधन गर्ने

ख ) जनमतसंग्रह गर्ने

ग ) माथिको दुवै उपायबाट नभए भीषण आन्दोलन

आफ्नो पार्टी यी एजेण्डा स्थापित गर्न अनवरत रुपमा जुनसुकै हदसम्म पनि जानसक्ने गौचन बताउँछन् । तेस्रो विकल्पमा जानु परे आफनो ज्यानको समेत परवाह नगर्ने उनको भनाइ छ ।

यसका लागि विभिन्न समूहमा विभक्त राप्रपाहरुबीच एकीकरणको प्रयास भइरहेको र चाँडै त्यो काम सकिने उनको विश्वास छ । उनी भन्छन्, ‘ हिजो जस्तो हामी अब लडेर बस्दैनौ । विगतबाट थुप्रै पाठ सिकियो, अब देश र जनताभन्दा ठूलो कोही छैन ।’

नेता गौचनले आफना पार्टी अध्यक्ष पशुपतिशम्शेर राणा प्रधानमन्त्री हुनसक्ने सम्भावना पनि औंल्याए । पृष्ठभूमिमा राजनीतिका थुप्रै खेल चलिरहेको बताउँदै उनले भने अध्यक्ष राणाको पनि प्रधानमन्त्री हुने इच्छा देखिन्छ । यो त्यो इच्छा पूरा होला जस्तो लाग्छ ।

पशुपतिशम्शेर राणा नरेन्द्र मोदी जगत गौचत