सीआईबीले सार्वजनिक गर्यो– खतरनाक गिरोहको नाइके 

सीआईबीले सार्वजनिक गर्यो– खतरनाक गिरोहको नाइके 

थाइल्याण्डमा बसी मानवबेचविखन, ओसारपसार तथा  करोडौं ठगी गर्ने परशुराम गुरुङलाई प्रहरीले सार्वजनिक गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी शनिवार सार्वजनिक गरेको हो । विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा उनी थाइल्यान्डको बैंककमा पक्राउ परेका थिए । 

प्रहरीको अन्तराष्ट्रिय संगठन ‘इन्टरपोल’को सहयोगमा उनलाई शुक्रबार बेलुका थाइल्यान्ण्डबाट काठमाडौं ल्याइएको हो । गुरुङ गएको चैतमा बैंककमा पक्राउ परेका थिए । प्रहरीले २०७१ सालदेखि नै उनको खोजी गरिरहेको थियो । 

नेपाल प्रहरीको पहलमा इन्टरपोलले २०७२ साल असार २९ गते गुरुङविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्याण्डबाट गुरुङलाई पक्रेको ब्यूरोका निर्देशक डिआइजी निरज बहादुर शाहीले जानकारी दिनुभयो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गुरुङविरुद्ध ५२ जनाले मानव ओसार–पसारसम्बन्धी उजुरी  गरेका थिए । व्युरोमा पुगेका पिडितहरुले आफुहरुलाई बैदेशिक रोजगारीका नाममा अन्य देशमा पुराई अलपत्र पार्ने गरेको गुनासो गरेका थिए ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तथा मानव ओसार–पसारमा संलग्न गुरुङ अहिलेसम्मकै ‘खतरनाक गिरोहका नाइके’ भएको प्रहरीले जनाएको छ ।
 
 

सीआईबी इन्टरपोल

संम्बधित खबर

ADVERTISEMENT