अन्तरवार्ता भिडियो कभर स्टोरी समाज

अरुको आँशु पुछ्ने विष्णुमायाले आफ्नै आँशु रोक्न सकिनन् 

अमेरिकामा नेपालमा भन्दा बढी घरेलु र यौन हिंसा

अरुको आँशु पुछ्ने विष्णुमायाले आफ्नै आँशु रोक्न सकिनन् 


२० बर्षदेखि अमेरिकामा घरेलु हिंसा र  महिला अधिकारका क्षेत्रमा काम गरिरहेकी सामाजिक अभियन्ता डा.विष्णुमाया परियारका अनुसार अमेरिकामा घरेलु तथा यौन हिंसाका घटना दैनिक बढिरहेका छन् । 

 


अमेरिकी नागरिकमा मात्र नभइ बिभिन्न देशबाट अमेरिकामा बसोबास गरिरहेका नागरिकहरुको परिवारमा यौन तथा घरेलु हिंसा तीव्ररुपमा बढीरहेका छन् । जर्सी सीटीको ‘केयर पोइन्ट हेल्थ’ मा  अधिकारकर्मीकारुपमा कार्यरत डा. परियार भन्छिन्, ‘ अमेरिकामा बसिरहेका दक्षिण एशियाली क्षेत्रका मानिसहरुको घरमा अझ समस्या छ । ’

 

">
जर्सी सीटीमा १६ बर्ष पुगेका छोराछोरीमाथि अभिभावकको समेत नियन्त्रण नहुने कानुनी व्यवस्था भएकाले यौनजन्य घटनाका समस्या पनि बढी भैरहेका छन् । अझ दक्षिण एशियाली मुलुकबाट गएकाहरुका मुद्दा झन बढी छन् । केही नेपालीहरुका मुद्दा त कहालीलाग्दा छन् । 

 


डा. परियारका अनुसार कतिपयले आफनो व्यक्तिगत स्वार्थका लागि सम्वन्धको गलत प्रयोग गरी ठूलाठूला अपराधजन्य कामसमेत गरेका छन् । यसले केही निर्दोष व्यक्ति जेल जानुपर्ने, मानसिक रोगी बनेका उदाहरण पनि प्रशस्त छन् । 

 


डा. परियार अधिकारकर्मीका रुपमा विश्वमै परिचित महिला हुन् । उनले नेपाल, अमेरिका लगायत विश्वका थुप्रै मुलुकमा यौन र घरेलु हिंसा तथा महिला सशक्तिकरण क्षेत्रमा थुप्रै काम गरेकीछिन् । अहिले पनि त्यो कामलाई झन तीव्रता दिएकी छिन् । 

 


समाज रुपान्तरण, महिला तथा बालबालिकाको उत्थान र विकासका लागि उदाहरणीय काम गरेको भन्दै उनले ४० भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेकी छिन् । २२ बर्ष अघि ‘एडवान’ नामक गैर सरकारी संस्था खोलेर सामाजिक सेवामा लागेकी परियारले हाल नेपालका ६ जिल्लाका विभिन्न गा.वि.स. मा महिला तथा बालबालिकालाई लक्षित गरी सामाजिक, आर्थिक, शैक्षिक तथा जागरणका कार्यक्रम संचालन गरेकी छिन् । 
यसका लागि अमेरिकामा रहेका विभिन्न व्यक्ति र संघसंस्थाले स्वतस्र्फूत सहयोग गरिरहेको उनी बताउँछिन् । 

 

">
जर्सी सीटीका मेयरको समेत सल्लाहकार रहेकी परियारले जर्सी सीटी र नेपालको सिन्धुपाल्चोकको इन्द्रवाति गाविसबीच भगिनी सम्बन्ध कायय गराएकी छिन् । यसका लागि इन्द्रवाति गाविसका प्रमुखलाई अमेरिकी लगी उनले सम्झौतामा हस्ताक्षरसमेत गराइ थुप्रै गतिविधि अघि बढाइसकेकीछिन् । 
यसबाट जर्सी सीटीलाई भन्दा इन्द्रवति गाविसको विकास र उत्थानका लागि मद्दत पुग्ने परियार बताउँछिन् । 

 


आफूले गरेको कामको अन्तर्राष्ट्रिय क्षेत्रबाट मुल्याङ्कन गरी प्रेरणा बढाइरहेको भएपनि नेपाल सरकारले भने कुनै चासो नदेखाएको उनको गुनासो छ । उनी भन्छिन्, ‘ यदि म दमाईको छोरी नभएर अरु कुनै जातको भए आज देशले अर्कै तरिकाले हेर्थ्र्यो, तर म परियार परे । ’

 


गोरखाको ताकलुङ गाविसमा जन्मेकी परियारले एसएलसी सम्मको अध्ययन आफनै जिल्लामा गरेकी हुन् । उनले कलेज तहको पढाइ काठमाडौंको पद्यकन्या क्याम्पसमा गरिन् । काठमाडौंमा संघर्षका दौरान आफनो पढाइका लागि पैसा जुटाउन उनले गार्मेन्टदेखि रेष्टुरेन्टमासमेत काम गरिन् । 
उनै विष्णुमाया आज अमेरिकामा मात्र नभइ विश्वमै चम्केकिछिन् ।

 

उनी भन्छिन्, ‘ सफलतका लागि प्रतिबद्धता, दृढता र आत्मविश्वास चाहिन्छ । म यही सुत्र बोकेर हिंडिरहेकी छु । ’


">