पर्यटन देश

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ को शुभारम्भ गरेकी छन्।

 

प्रदेश ५ ले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भका लागि यहाँ आएकी राष्ट्रपति भण्डारीले नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी पुगी कार्यक्रमको शुभारम्भ गरेकी हुन्। लुम्बिनीस्थित सम्मेलन हलमा आयोजि कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ।

 

यसअघि शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले २५६३ औं बुद्धजयन्तीको वृक्षरोपण गरी शुभारम्भ गरेका थिए। प्रधानमन्त्री ओली शान्ति दीप बोकेर शान्ति यात्रा कार्यक्रममा सहभागी भएका थिए। उनले सोही अवसरमा लुम्बिनीमा झण्डोत्तोलन समेत गरेका थिए।

यसअघि लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको अवसरमा कार्यक्रम गर्दै आए पनि पहिलो पटक प्रदेश सरकार र कोषले संयुक्त कार्यक्रम गर्न लागेका हुन्। प्रदेश सरकारले देशका विभिन्न भागमा पुगेर भ्रमण वर्षको प्रचार प्रसार गर्दै लुम्बिनी भ्रमणका लागि आह्वान गरिसकेको छ।

 

भ्रमण वर्षको शुभारम्भका अवसरमा आयोजित कार्यक्रम अहिले लुम्बिनीस्थित सभाहलमा जारी छ। सो कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रदेश पाँच सरकारका मुख्यमन्त्री शंकर पोखरेललगायतको सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।