पर्यटन

"हिमाल नियाल्न भकुण्डे जाऔं"

"हिमाल नियाल्न भकुण्डे जाऔं"

बागलुङ। आफ्नै रहनसहन, जीवन शैली र संस्कृति बोकेको  बागलुङ नगरपालकिा–१० स्थित भकुण्डेबाट सफा मौसम भएको बेला धौलागरि, माछापुच्छ्रे र अन्नपूर्ण हमि शृङखलामा पर्ने झण्डै २५ वटा हमिाल नाङ्गो आँखाले देख्न सकिन्छ ।

 

नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दिन बिताउँने यो रमणीय स्थल प्रचारप्रसारको अभावमा चर्चा आएको भने छैन । अत्यन्त उच्च ठाउँमा रहेर पन ठाउँ–ठाउँमा रहेका समथर ठूला चौरलाई तत्कालीन समयमै राजारजौटाले मनोरञ्जन स्थलका रुपमा उपयोग गर्ने गरेको स्थानीय समाजसेवी एवं पूर्व सांसद नरबहादुर थापाले बताए ।

 

यो ठाउँको नाम भकुण्डे कनि रहन गयो भन्ने सम्बन्धमा वभिन्नि तर्क पाइन्छ । राजारजौटाले यहाँका फराकलिा चौरमा त्यही बेलादेखि भकुण्डो खेल्ने गरेकै कारण यस ठाउँको नाम भकुण्डे राखएिको हुन सक्ने एउटा तर्क छ । अर्को मगर जातिले पूजा गर्ने देवी (भकुण्डे देवी) का नामबाट भकुण्डे राखएिको हो कि भन्ने तर्क पनि छ ।

 

भकुण्डेको पर्यटकीय सम्भाव्यतालाई उजागर गर्न स्थानीयवासीको जागरुकतासँगै पर्यटक लक्ष्यति घरबास कार्यक्रम सञ्चालन गरएिको अतिथि सत्कार होम स्टेका अध्यक्ष खमिबहादुर थापाले बताए । उनका अनुसार पर्यटकलाई आकर्षण गर्न वसिं २०६८ देखि भकुण्डेमा घरबास कार्यक्रम सञ्चालन गरिएको हो ।

 

भकुण्डेलाई लक्ष्य गरी २०६८ सालमै महोत्सव समेत सञ्चालन गरएिको थियो । हाल १० वटा घरमा घरबास चलाइएको छ । यहाँ आएका पर्यटकले गाउँले जनजीवन, सत्कार, खानपान, घुमफरि र संस्कृतकिो आनन्द एकसाथ पाउने गरेको उनले बताए। पर्यटकलाई पारविारकि वातावरणमा बसोबासको व्यवस्था र स्थानीय परकिारको स्वाद पस्कने गरएिको छ ।

 

स्थानीय रुपमा उत्पादति परकिारका साथै अन्यत्र पाउन नसकनिे जरङ्गिोको साग, बोकेको अचार, भाङ्गको अचारको स्वादमा पर्यटक रमाउने गरेका छन् । त्यस्तै, याम अनुसार गाउँमै उत्पादति मूला, कोदो, गुन्द्रुक, आलु, खुर्पानी, भुइँ स्याउ, कबिी, सतिाके च्याउको पन ियहाँ स्वाद चाख्न पाइन्छ ।

 

होमस्टेमा खाना, खाजासहति एक रात बिताउँदा प्रतिव्यक्ति ६५० रुपैयाँ लिने गरएिको होमस्टे सञ्चालक वमिला थापाले जानकारी दिए । यस बाहेकका अन्य परकिारका लागि भने छुट्टै मूल्य तोकएिको छ ।

 

होमस्टेमा आउने पर्यटकलाई मौलकि कला, संस्कृत झल्कने झाँकी, गीत र नृत्य पन देखाउने गरिन्छ । पर्यटकको आगमन बढ्दै गएपछ पछिल्ला समयमा पर्यटक लक्ष्यति पूर्वाधार नर्मिाणलाई अघि बढाइएको छ । होमस्टे सञ्चालन, भ्यू टावर र सङ्ग्रहालयको स्थापनासँगै यहाँस्थति बराह तालको संरक्षण समेत गरएिको छ ।

 

बाइसे चौबीसे राजाको पालमा भुरे राजाको दरबारको रुपमा ख्यात कमाएको मूलाबारी (पाग्जाकोट) मा चार तले भ्यू टावर नर्मिाण गरएिको साबकि भकुण्डे गाउँ वकिास समतिकिा पूर्व अध्यक्ष तलिबहादुर थापामगरले जानकारी दिए ।

 

नेपाल सरकार तथा अन्य वभिन्नि गैरसरकारी संस्थाको करीब ५० लाख रुपैयाँको लागतमा उक्त भ्यू टावर नर्मिाण गरएिको हो । उनका अनुसार साविकको भकुण्डे गावसि वडा नं ७ स्थति बराह ताल यस क्षेत्रको अर्को पर्यटकीय आकर्षण हो । दुई हजार ८२६ वर्ग मटिर क्षेत्रफलमा फैलएिको बराहताल समुद्री सतहदेखि एक हजार ३०० मटिरको उचाइमा अवस्थति छ ।

 

स्थानीय संस्कृतकिो संरक्षण एवं ऐतहिासकिताको जगेर्ना गर्न स्थानीयवासीको सकृयतामा भकुण्डेको लामडाँडामा सङ्ग्रहालय राखएिको छ । विशेषतः जनजातिले प्राचीन कालदेखि प्रयोग गर्दै आएको सबै कसिमिका सामग्रीको सङ्कलन तथा संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालयको नर्मिाण गरएिको हो ।

 

भकुण्डेको शरि कुथुकर्मको लेक समुद्री सतहबाट दुई हजार ३५० मटिर उचाइमा छ । प्राचीन कालमा दउिँसो बेंसीतरि काम गरे पन औलो, हैजा जस्ता प्रकोपबाट जोगनि बास बस्न उक्त लेकमा जाने गरेको वश्विास गरिन्छ  । हाल घना जङ्गलले ढाकएिको यस लेकबाट धेरै ठाउँको दृश्यावलोकन गर्न सकिन्छ भने कालिज, मृग, खरायो यस ठाउँमा प्रत्यक्ष देख्न पाइन्छ । फागुन–चैतको समयमा ढकमक्क फुल्ने लालीगुराँस र सेतोगुराँस यस क्षेत्रको अर्को वशिष्टिता हो ।

 

चराचुरुङ्गीका साथै वभिन्नि जडीबुटीको अध्ययन अनुसन्धानका लागि यो लेक अत्यन्त उपयोगी बन्ने वश्विास गरएिको छ । बागलुङ बजारबाट मालढुङ्गा, गलुवा, काउरे, द्वार देउराली हुँदै भकुण्डे पुग्न करिब १० कमि कच्ची सडक पार गर्नुपर्छ । बाग्लुङको देउराली चोकबाट गौंडाकोट, सालबोट, समिलपाटा, दह, नफिन्नी देउराली हुँदै करीब १२ कमि यात्रा गरेपछि भकुण्डे पुग्ने अर्को बाटो पनि छ ।

 

यहाँका कच्ची बाटालाई चाँडै कालोपत्र गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् । धार्मकि पर्यटनको पनि उत्तिक्कै सम्भावना बोकेको भकुण्डे आसपासका भैरवस्थान, शवि मन्दरि (दह), बराह ताल, बराह मन्दरि, हीराताल, सुन झँक्री, वश्विकर्मा जस्ता मन्दरि समेत रहेका छन् ।

 

भकुण्डे र आसपासको क्षेत्रको प्रवर्द्धनलाई लक्ष्य गरी नीलगरिी युवा क्लबले प्रत्येक वर्ष दशैंको समयमा फुटबल प्रतियोगिता गर्दै आएको छ भने हमिश्री युवा क्लबले प्रत्येक वर्षको तीजमा भलबिल प्रतयिोगतिा गर्ने गरेको छ । त्यस्तै, मगर समाज देउरालीले दशैंमा सांस्कृतकि कार्यक्रम गर्ने गरेको छ । प्राकृतिक र साँस्कृतिक र ऐतहिासकिताले भरपिूर्ण भकुण्डेको प्रवर्द्धनका लाग राज्यले पनि चासो दिनुपर्ने स्थानीय युवा एवं सञ्चारकर्मी गणेश पौडेलले बताए ।

ADVERTISEMENT