प्रविधि

नेपालबाट अब समुद्रसम्म इन्टरनेट केबल जोडिँदै

नेपालबाट अब समुद्रसम्म इन्टरनेट केबल जोडिँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुद्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ । नेपालको ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुद्रसम्म पुर्‍याउने भएको हो।  

 

यसका लागि प्राधिकरणले बिहीबार दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्य परमर्शदात कम्पनी नभेटेपछि प्राधिकरणले त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो । गत चैत १८ गते ग्रामीण दूरसञ्चार परियोजनाका रूपमा समुद्र सतहसम्म अप्टिकल फाइबर विछ्याउन लागिएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार पहिलोपटक भएको मागमा चारवटा आशयपत्र प्राप्त भएका थिए । त्यसमा योग्य परामर्शदात नआएको भन्दै प्राधिकरणले मंगलबार अघिल्लो प्रक्रिया खारेज गरेको थियो ।  यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
 

नेपाल दूरसञ्चार प्राधिकरण इन्टरनेट केबल