कभर स्टोरी अन्तरवार्ता मनोरञ्जन भिडियो

‘धन्यवाद’समेत लेख्न नजान्नेलाई ‘सुपर मम ब्युटी पेजेन्ट’को उपाधि (भिडियोसहित) 

‘धन्यवाद’समेत लेख्न नजान्नेलाई ‘सुपर मम ब्युटी पेजेन्ट’को उपाधि (भिडियोसहित) 

काठमाडौं । गएको वैशाख २९ गते काठमाडौंमा एक ब्युटी पेजेन्ट भएको थियो– ‘सुपर मम ब्युटी पेजेन्ट’ नामक ।

 

यो प्रतियोगितामा २० देखि ६० वर्षसम्मका आमा बनिसकेका महिलाहरुले भाग लिन पाउँथे । केट्स इन्टरनेसनल र पद्माकुमारी फिल्म्सको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १६ जना सहभागी भए । विजेता भइन् नेपाली मूलकी बर्मा घर भएकी र हाल थाइल्याण्डमा बसोबास गर्ने एमी  कर्माचार्य । प्रतियोगितामा दोस्रो र तेस्रो क्रमशः अमृता शर्मा र बाला राई भए  । 

 

प्रतिस्पर्धी निलम श्रेष्ठको दावीअनुसार प्रथम उनी आफैं हुनुपर्ने थियो । किनभने उनको अंक सर्वाधिक थियो । तर पैसाको चलखेलभएपछि ताज उनको सट्टा यामी कर्माचार्यलाई दिइयो । 

">

श्रेष्ठको भनाइअनुसार आयोजक पक्षका पुजना स्त्री पनि भनेर चिनिने पुजना प्रधान, करुणा रिजाल, रिमेष अधिकारी र हिक्मत थपलिया थिए । यिनीहरु मध्ये मूलतः पुजना प्रधानले पक्षपातपूर्ण निर्णय गर्न भूमिका खेलेकी थिइन् । 

 

उपाधि जितेकी एमीलाई ढंगले बोल्न पनि आउँदैन थियो । लेख्न पनि आउँदैन थियो । (हेर्नुहोस् एमीको लेखाई  फोटोमा) उनकी छोरीको निधन भएको वियोगलाई बेचेर निर्णायकहरुलाई प्रभाव पार्न उनले खोजेको निलम दावी गर्छिन् । भन्छिन्, ‘सन्तानको वियोगको कुराले मलाई पनि दुःखी बनायो । तर त्यो विषय प्रतियोगितामा प्रवेश गर्ने कुरा होइन । प्रतिस्पर्धा भनेको प्रतिभाको हो, विगतको दुःखको होइन । वियोगहरुको प्रतिस्पर्धा होइन ।’


एमीले लता मंगेशकरलाई स्वर्गीय मान्छिन् । लताको निधन भएको छैन भन्दा उनले निधन भइसकेको दावी गरिन् । निलमको भनाइअनुसार प्रतियोगिहरुको नम्बर फेर बदल गरेर एमी लाई प्रथम बनाइएको हो । 

 

निलयमले यो प्रतियोगिताको नाममा करिब ७० हजार खर्च गरिन् । अरु प्रतियोगिले पनि त्यसै गरी खर्च गरे ।

 

आफ्नै खर्चमा कपडा किन्नु पर्यो । खाजा समेत आयोजकले खुवाउँदैन थिए । औपचारिक रुपमा करिब २० हजार आयोजकले लिए । पछि अनौपचारिक खर्च धेरै भयो । आयोजकले एक हजार रुपैयाँ दरका टिकटसमेत बिक्री गर्न लगाए । जसले जति टिकट बेचेर धेरै रकम आयोजकलाई बुझाउँछ उसलाई ‘धेरै टिकट भिडाउन सक्षम’ भनेर एउटा ताज पहिर्याइदिए । 

 

 निलम भन्छिन्, ‘क्षमताको जजमेन्ट होला भनेको त पैसा कमाउने भाँडो रहेछ ।’

">