अपराध सुरक्षा मुख्य समाचार समाज

माफिया र ठग चोख्याउने कानुन बन्दै

माफिया र ठग चोख्याउने कानुन बन्दै

एकातिर पत्रकारलाई कस्ने खालको विधेयक आउने भयले त्रस्त छन् कलमजीवी । अर्कोतिर व्यापारी र ठग मानसिकता भएकाहरुलाई भने हाइसञ्चो हुने खालको विधेयक बन्दैछ बालुवाटारतिर । राष्ट्र बैंकको पछिल्लो बोर्ड बैठकबाट पारित भई अर्थ मन्त्रालय पठाउने तयारी चलिरहेको बैंकिङ कसुरसम्बन्धी विधेयक अक्षरशः पारित भएको खण्डमा बाउन्स चेक भिडाएर ठगी गर्दै आएका माफिया र ठग प्रत्यक्ष लाभान्वित हुनेछन् । 


यसअघिको बैकिङ कसुर तथा सजायसम्बन्धी ऐन ०६४ (पहिलो संशोधन ०७३) लाई अझै परिष्कृत गर्ने नाममा खातामा पैसा नहुँदा नहुँदै चेक काटेर अरुलाई दुख दिने नियत भएका फटाहाहरुलार्य छुट दिन खोजिएको हो । खातामा पैसा नहुँदा चेक काटेर दुख दिएको भेटिए तत्काल कारवाही हुने व्यवस्थालाई खुकुलो बनाई १५ दिनको समय दिन लागिएको छ । खातामा पैसा नहुँदा नहुँदै चेक काटनेलाई तत्कालै बैंकिङ कसुरसम्बन्धी ऐनअन्तर्गत मुद्दा चलाइँदै आएकोमा प्रस्तावित विधेयकमा १५ दिनको समय दिने र सो अवधिभित्र पनि रकम जम्मा नगरे मात्रै कारवाही प्रक्रिया अघि बढाउने व्यवस्था विधेयकमा रहेको जनआस्था साप्ताहिकले आजको अंकमा छापेको छ । 


जनआस्था लेख्छ– चेक बाउन्ससम्बन्धी कसुरलाई समेत खुकुलो बनाइएको छ । यसअघि यस्तो केसमा १२ वर्षसम्म जेल बस्नुपर्ने व्यवस्था थियो । त्यस्ताले अब ६ महिना जेल बसे पुग्नेछ । यसअघि १० अर्ब वा सो भन्दा बढीको चेक बाउन्समा १२ वर्ष बढी जेल बस्नुपर्ने व्यवस्था थियो । यस्तै १ अर्बसम्मको चेक बाउन्स भएको खण्डमा कम्तिमा ८ देखि बढीमा १० वर्ष जेल बस्नुपर्ने व्यवस्था थियो ।

 

५० करोडसम्मको चेक बाउन्स भएका कम्तिमा एक वर्ष जेल जानुपथ्र्यो । संशोधित नयाँ व्यवस्थाले चेक बाउन्स प्रकरणमा बढीमा ६ महिनासम्म जेल सजाय हुनेछ । जसअन्तर्गत ३ लाखसम्मका लागि एक महिना, १० लाखसम्मको हकमा एक महिनासम्म कैद र एक लाख जरिवाना,  ५० लाख रुपैयाँसम्म भए ५ लाख रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ६ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ६ महिनासम्म कैद सजायको प्रस्ताव गरिएको छ ।

 

आपसी कारोवार नमिल्दा खातामा रकम नै नभए पनि बैंकमा चेक साट्न लगाई त्यसैलाई प्रमाण बनाएर प्रहरीमा बैंकिङ कसुरका उजुरी आउने क्रम बढेको छ । पछिल्लो दुई वर्षमा काठमाडौ प्रहरी परिसरमा चेक बाउन्स प्रकरणमा १८ सय मुद्दा दर्ता भएको रेकर्ड छ । अघिल्लो वर्ष ४ सय २७ वटा उजुरी दर्ता भएकोमा यसव वर्ष १४ सय यस्ता घटनासम्बन्धी उजुरी दर्ता भएका छन् । परिसरमा दैनिक सरदर २५ वटासम्म चेक बाउन्सका केस दर्ता हुने गरेको प्रहरी भनाइ छ । 
 

चेक बाउन्स ६ महिनासम्म जेल