अपराध सुरक्षा

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ 

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ 

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले ओखलढुंगाको लिखु गाउँपालिका–३ का वडासदस्य विष्णु श्रेष्ठलाई पक्राउ गरेको छ । लामो समयदेखि फरारको सूचिमा रहेका श्रेष्ठलाई  जिल्ला प्रहरी कार्यालयले सोमबार ओखलढुङ्गाबाट पक्राउ गरेको हो । लिखु गाउँपालिका–३ बाट निर्वाचित वडा सदस्य  श्रेष्ठविरुद्ध बलात्कारको आरोप लागेको थियो ।

 

स्थानीय एक युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उनीविरुद्ध उजुरी दर्ता भएको थियो । निर्वाचित वडा सदस्य श्रेष्ठ आफैले  सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै चैत ७ गते बलात्कार गरेको उजुरी चैत ९ गते परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

 

पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेकी थिइन्। आरोपी श्रेष्ठका छोरा राजु श्रेष्ठले लामो समयसम्म सम्पर्कविहीन भएका बुबालाई भेटाएपछि मुद्धाको बारेमा छलफल गराउनका लागि ओखलढुङ्गा ल्याउदै गर्दा प्रहरीले बाटोवाटै नियन्त्रणमा लिएको बताए ।   

बलात्कार पक्राउ वडा सदस्य