समाचार

काठमाडौंमा ‘यौन बार्गेनिङ’ रोक्न प्रहरी अभियान सुरु 

काठमाडौंमा ‘यौन बार्गेनिङ’ रोक्न प्रहरी अभियान सुरु 

काठमाडौं । महानगरीय प्रहरी परिसर (काठमाडौं) ले राजधानीका विभिन्न स्थानमा हुने यौन क्रियाकलाप तथा खुलमखुला रूपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न विशेष अभियान आइतबार सुरु गरेको हो ।

 

मानिसलाई पच्नै नसक्ने गरी अनैतिक क्रियाकलाप हुन थालेपछि प्रहरीले राजधानीमा त्यस्ता गतिविधि रोक्न अभियान सुरु गरेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएका छन्। आइतबार मात्रै प्रहरीले राजधानीका नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, कलंकीलगायतका क्षेत्रबाट १०० बढी व्यक्ति पक्राउ गरेको छ।

यौन क्रियाकलाप यौन बार्गेनिङ

विशेष