मनोरञ्जन अपराध सुरक्षा

‘म्युजिक नेपाल’ का म्यानेजर थापा पक्राउ

‘म्युजिक नेपाल’ का म्यानेजर थापा पक्राउ

काठमाडौं । प्रहरीले म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रतिलिपि अधिकार सम्बन्धि उजुरी परेपछि थापालाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

 

प्रतिलिपि अधिकार सम्बन्धि सरिता सिलवालको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बोगटीले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ । 

उत्तम थापा म्युजिक नेपाल