समाचार अपराध सुरक्षा

पाँच बर्षसम्म बन्दी बनाएर बलात्कार

पाँच बर्षसम्म बन्दी बनाएर बलात्कार

विराटनगर । अहिलेको समयमा पनि ५ वर्षसम्म कोही कसैको बन्दी बन्न सक्छ? यस्तै भएको छ विराटनगर रानीकी ३६ वर्षीया एक महिलामाथि । उनको विवाह २०५७ सालमा सर्लाहीको मलंगवामा भएको थियो । विवाहको दुई वर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छोडेर श्रीमान् विदेश गए । श्रीमान् विदेशमै रहेका बेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे । आफ्नै घरमा लगेर पाँच वर्ष बन्दी बनाएर राखे ।

 

बन्दी अवस्थामै उनले छोरा जन्माइन् । २०६१ सालमा जन्मिएको छोरा १४ वर्षको भइसक्यो तर जन्मदर्ता हुन सकेको छैन । ‘अहिलेको अवस्थामा पनि कोही कसैको बन्दी बन्न सक्छ र भन्ने लाग्ला मान्छेहरूलाई’, उनले भनिन्, ‘मैले भोगेको छु। उसले मलाई पाँच वर्षसम्म थुनेर राख्यो। बन्दी अवस्थामै छोरा पाएँ। अहिले घरनिकाला गर्यो । मलंगवाका धनाढ्य परिवारका छोरा सुरेन्द्रले श्रीमती हुँदाहुँदै उनलाई घरमा बन्दी बनाएर राखेको उनले बताइन् ।

 

राजनीतिक आड पाएका सरेन्द्रसँग गाउँका मान्छे मात्रै नभई परिवारका सदस्यसमेत डराउने गरेको उनले बताइन् । पाँच वर्ष बन्दी हुँदा पनि कसैले सहयोग नगरेको र झुक्याएर श्रीमान्सँग सम्बन्धविच्छेद गराइदिएको उनले बताइन् । त्यसबीच दुईपटक भागेर न्याय माग्न पुगेपनि पुनः सुरेन्द्रकै जिम्मा लगाएर पठाएको उनले बताइन्। ‘रक्सी खाएर दिनदिनै उसले मलाई बलात्कार गथ्र्यो’, उनले भनिन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।  

विराटनगर बलात्कार

विशेष