समाचार अपराध सुरक्षा

‘सुन साइँली’ का रेकर्डिस्ट महत बुहारी हत्या आरोपमा पक्राउ 

‘सुन साइँली’ का रेकर्डिस्ट महत बुहारी हत्या आरोपमा पक्राउ 

काठमाडौं । भाइ–बुहारीको हत्या गरेको आरोपमा चर्चित ‘सुन साइली..’ गीतका रेकर्डिस्ट उज्वल महत पक्राउ परेका छन् । उनी बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।  

 

बुहारीको हत्या गरेपछि घरमै रहेकी आमालाई उनले त्यसबारे जानकारी गराएका थिए । त्यसपछि प्रहरीलाई खबर भएको थियो । प्रहरी पुग्दा उनी घरमै थिए । हत्याको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए । 

 

बहुचर्चित गीत ‘सुन साइली’को उनले रेकर्डिस्टका रुपमा काम गरेका थिए । केही गीतमा उनले संगित पनि भरेका छन् । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ । यो समाचार नायँ पत्रिका दैनिकबाट लिइएको हो ।

सुन साइँली उज्वल महत