फोटो पर्यटन

हेर्नुहोस् लाकुरीभञ्ज्याङ्गको मनै लोभ्याउने सुन्दरता (फोटो फिचर)   

हेर्नुहोस् लाकुरीभञ्ज्याङ्गको मनै लोभ्याउने सुन्दरता (फोटो फिचर)   

शनिबार होस वा अरू छुट्टीको दिन राजधानी नजिक घुम्नलाई धेरै सुन्दर ठाउँ प्रशस्तै छन् । त्यसोता गन्तव्यसम्म पुग्न बाटोको समस्या छैन । डाँडापाखामा होटल रिर्सोट खुलेका छन् । शहरीया भागदौडको जिन्दगीदेखि वाक्कदिक्क आममान्छे छुट्टीको दिन अलि फरक आनन्द लिएर बिताउन चाहन्छ । यस्तै एउटा सुन्दर स्थना जुन राजधानीबाट धेरै नै नजिक रहेको  लाकुरीभञ्ज्याङ्ग रमाइलो गन्तव्य बन्न सक्कछ सबैका लागि । 

लाकुरीभञ्ज्याङ्ग जान ग्वार्कोबाट लुभू लामाटार हुँदै उकालो चढ्नु पर्दछ । लामाटारसम्म कालोपत्रे बाटोको सुविधा छ । त्यसपछि माथि जान कच्ची सडक नै प्रयोग गर्नु पर्ने हुन्छ । खान बस्नका लागि सामान्य लज होमस्टेदेखि स्तरीय साना तथा मध्यमखाले होटलहरुको पनि राम्रो व्यवस्था छ ।

यहाँबाट हिमाली दृश्य अवलोकन गर्न रमाइलो हुन्छ । तर वातावरणीय प्रदूषणका कारण यहाँबाट हिमाली दृश्य तथा बिहानको सूर्यदय हेर्न नसकिएता पनि साँझको सूर्यास्त भने स्प्रष्ट हेर्न सकिन्छ । रात्रि बसाइँ, क्याम्प फार्य तथा वनभोजको तयारी गर्ने सोचमा हुनुन्छ भने रमाइलो गन्तव्य बन्न सक्छ यो ठाउँ ।


लाँकुरीभञ्ज्याङ
ADVERTISEMENT