कला साहित्य

खकुरेल, दुवाल र आचार्यलाई 'नइ पुरस्कार'

खकुरेल, दुवाल र आचार्यलाई 'नइ पुरस्कार'

काठमाडौं। नइ प्रकाशनले यस वर्षको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रा.डा.महेश खकुरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

मन, वचन र कर्मले स्वास्थ्य विज्ञान क्षेत्रमा समर्पित भई जनस्वास्थ्यका लागि योगदान पुर्याएका भन्दै प्रकाशनले डा. खकुरेललाई उक्त पुरस्कार प्रदान गर्न लागेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

  

त्यस्तै प्रकाशनले मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ प्रदान गर्न लागेको हो । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा नेपालीभाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप दुवाललाई पुरस्कृत गर्न लागेको प्रसाईले बताए  ।

 

उपत्यका बाहिर बसेर नेपाली भाषासाहित्य र शिक्षासेवामा पुर्याएको योगदानका निम्ति नेपालगञ्जकी श्रीमती किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय पनि प्रकाशनले गरेको हो । यी पुरस्कारका राशि जनही पचास हजार रूपैयाँ रहेका छन् । शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १००औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २८  गते काठमाडौंमा नइ पुरस्कारहरू प्रदान गरिने बताइएको छ ।