अन्तरवार्ता भिडियो कभर स्टोरी

नेपाललाई अमेरिकी सेनाको ब्यारेकस्थल बनाउने षडयन्त्र ( भिडियोसहित) 

प्रचण्डको पतन निश्चित, माधव नेपाल प्रधानमन्त्री हुने

नेपाललाई अमेरिकी सेनाको ब्यारेकस्थल बनाउने षडयन्त्र ( भिडियोसहित) 


‘२०७४ फागुन १० गते मैले प्रचण्डसंग ५ मिनेट समय मागे, उनले भेट्ने समय पनि दिएनन् । त्यो दिनबाट मैले उनको मुख पनि हेर्ने इच्छा राखेन । ’

 


पूर्व मन्त्री गोपाल किरातीको भनाइ हो यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समूह नेकपा एमालेमा विलय भएपछि उनले नेकपा माओवादी केन्द्र पुनर्गठन गरी हाल पार्टी बिस्तार गरिरहेका छन् । उनी पार्टीको आठौं महाधिवेशन सम्पन्न गरी सो पार्टीको अध्यक्ष बनेका छन् । 

">


आफूले एमालेसंग पार्टी एकीकरण गर्नु हुन्न भन्दा कारवाही गरेर निष्कासनको हल्ला फिंजाएपछि त्यस विषयमा प्रचण्डसंग छलफल गर्न खोज्दा उनले नमानेपछि आफूले पार्टी पुनर्गठन गर्नुपरेको किराती बताउँछन् । 

 


प्रचण्ड विकृत भए


एमालेमा पार्टी विलय गराएपछि प्रचण्ड र उनको समूहको राजनीतिक अस्तित्व समाप्त भएको छ । नवगठित नेकपामा प्रचण्डको समूह अल्पमतमा रहेको र उनलाई सिध्याउन भोलि पूर्व एमालेका सबै नेताहरु एकजुट हुने किरातीको दावी छ । 

 


किराती भन्छन्, ‘प्रचण्ड विकृत भएर एमालेसंग एकता भएको हो । ’ 

 


प्रचण्डसंग राजनीति गर्न सैद्धान्तिक र सांगठनिक आधार दुवै छैन । उनी तस्कर, डन, माफिया, ठेकेदारहरुको चंगुलमा फसेका छन् । त्यसबाट उनी उम्किन पनि चाहँदैनन् । उनी त्यसमै रमाइरहेका छन् । त्यो बाहिर उनको संसार छैन । प्रचण्ड खोक्रो भैसके । यो कुरा नेकपामा पूर्व एमालेका नेताहरुले राम्रोसंग बुझेका छन् । अहिले पनि उनको हैसियत पार्टीमा दोस्रो स्थानमा छ । पहिलो केपी शर्मा ओली नै हुन्, त्यसपछि प्रचण्ड हुन् । दुवै जना अध्यक्ष भन्ने कुरा बेकार हो । प्रचण्ड सह–अध्यक्ष हुन् । 

 


अमेरिकाको विरोध गर्ने अनि श्रीमतिको उपचारको वाहनामा त्यहीं गएर घुँडा टेकेर आउने, यस्तो पनि राजनीति हुन्छ ? प्रचण्डले अमेरिका गएर भेनेजुएला प्रकरणमा आफूले निकालेको वक्तव्यको स्पष्टीकरण दिएर आएको किरातीको दावी छ । 

 


प्रचण्ड र प्रधानमन्त्री ओली दुवै जना अमेरिकी कब्जामा छन् । उनीहरुकै निर्देशनमा चल्छन् । अमेरिकाको योजना अनुसार ‘इण्डोप्यासिफिक सैन्य कमाण्ड’ को नेपाललाई अध्यक्ष बनाए । यो कमाण्ड भनेको चीन विरोधी हो । अब अमेरिकी सेना विभिन्न बाहनामा ग्वारग्वार्ती नेपाल भित्रिनेछन् । 

 


उनी भन्छन्, ‘नेपाललाई अमेरिकी सेनाको ब्यारेकस्थल बनाउने षडयन्त्र भैरहेको छ ।’

">


माधव नेपाल प्रधानमन्त्री


किराती भन्छन्, ‘ अब ओलीपछि प्रधानमन्त्री हुने भनेको माधव नेपाल हो । प्रचण्ड न पार्टीको अध्यक्ष हुन्छन्, न प्रधानमन्त्री हुन्छन् । उनी जोकर बन्छन् । ’

 


नेकपा पार्टीको कमाण्ड र सरकार चलाउने विषयमा पूर्व एमालेका नेताहरु एकठाउँमा उभिनेछन् । हाल पूर्व एमालेका नेताहरुमा केही विवाद जस्तो देखिएपनि निर्णायक घडीमा प्रचण्डलाई कसैले साथ दिने छ्रैनन् । माओवादी केन्द्रबाट गएका दुई चार जना मान्छे बाहेक उनको साथमा कोही छैन । 

 


प्रचण्डकै कारण गृहमन्त्री रामबहादुर थापाले चाहेर पनि राम्रो काम प्रदर्शन गर्न सकेका छ्रैनन् । मन्त्री भए लगत्तै थापाले यातायातमा सिण्डिकेटको अन्त्य, ३३ किलो सुन, समयमा काम नसक्ने ठेकेदारमाथि कारवाही  लगायतका विषयमा राम्रो कदम चाल्न खोजेका थिए । तर, उनलाई प्रचण्ड र ओलीले कामै गर्न दिएनन् । दुवै नेता माफियाबाट घेरिएका छन्, अनि के आउँछ रिजल्ट ? 

 


बिप्लवलाई सरकारले ‘हिरो’ बनायो 

 


समाजवादी गणतन्त्र स्थापनका लागि आफनो पार्टीले प्रतिवन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेलको नेकपासंग एकताको प्रयास भैरहेको छ । 

 


हाल विभिन्न चरणमा कार्यगत एकता भैरहेको र विस्तारै पार्टी एकता पनि हुने किरातीको विश्वास छ । यसका लागि केही सैद्धान्तिक मतभेदलाई व्यवस्थित गर्ने काम भैरहेको छ । दलाल तथा नोकरशाही पूँजीवादी राज्यको अन्त्यका लागि सच्चा कम्युनिष्टहरुबीच पार्टी एकता अपरिहार्य छ । 

 


हिंसात्मक गतिविधिले नभइ शान्तिपूर्ण आन्दोलन र गणतन्त्रको रक्षार्थ चुनावमा भाग लिने रणनीति नै दीगो र परिवर्तनको पक्षमा हुने किरातीको बुझाइ छ । आफूहरुले विप्लवलाई हिंसाको बाटोमा लाग्न नहुनेबारे सम्झाइरहेको किराती बताउँछन् । 

 

">
विप्लव सामान्य ढंगले आफना गतिविधि गरिरहेका थिए । एकाएक उनलाई आपराधिक समूह घोषणा गरी प्रतिवन्ध लगाएर यो सरकारले उनलाई त ‘नेशनल हिरो’ बनाउने काम गर्यो । जसरी विप्लवको सशस्त्र आन्दोलनको यात्रा गलत छ, त्यसरी नै उनीमाथि प्रतिवन्ध लगाउने सरकारको निर्णय पनि गलत छ । 

 


कांग्रेस र विप्लवले आँटे सरकार ढल्छ

 


किराती भन्छन्, ‘ नेपाली कांग्रेस र विप्लवले आँट गर्ने हो भने यो सरकार ढल्छ । ’ 

 


विप्लवले सशस्त्र विद्रोह त्याग्दै वार्तामा आउन ओली सरकारको बर्हिगमन हुनुपर्ने शर्त राख्नुपर्छ । नयाँ सरकारसंग वार्ता गर्ने र त्यसपछि सशस्त्र आन्दोलनपनि छोड्ने कुरा विप्लवले ल्याए नेपाली कांग्रेस पनि सरकार ढाल्न तयार हुनेछ । कांग्रेस र विप्लव यो तरिकाले आए आफनो पार्टीसहित मोहन वैद्य र ऋषि कट्टेलहरुपनि सडकमा ओर्लिनेछन् । यति भए ओली र प्रचण्डको लुटतन्त्र समाप्त हुन्छ । 

 


नयाँ सरकार पक्कै पनि प्रगतिशिल हुनेछ । हाललाई ओली र प्रचण्डको लुटबाट देशलाई जोगाउन सकेपनि ठूलो कल्याण हुनेछ ।